• १६ साउन २०८२, शुक्रबार

विश्वकै पहिलो मेडिकल ड्रोन

blog

चीनले आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वको पहिलो अत्याधुनिक मेडिकल ड्रोन विकास गरेको छ । 

यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानी जस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरण जडान गरिएका छन् । यो ड्रोन अति चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्नमा खट्न सक्षम छ ।

यस ड्रोनको तौल छ सय किलोग्राम छ र यसले तीन सय किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपत् वा महामारीका बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिने छ ।  

  –युवामञ्च