• ५ जेठ २०८१, शनिबार

तन्त्रविद्यामा “यौन”

blog

डा. सुबोधकुमार पोखरेल 

तन्त्र विद्याअन्तर्गत मानव शरीरमा मनोशारीरिक पक्षहरूसँग सम्बद्ध सात ऊर्जा केन्द्र वा चक्रहरूको ज्ञान व्याख्या गरिएको छ । चक्रहरू शरीरका विभिन्न स्थानमा रहेका र इन्द्रेणीका रङसँग सम्बद्ध हुन्छन् । दैनन्दिन जीवनमा हामी सूक्ष्म मनावैज्ञानिक र शारीरिक तहमा यी चक्रलाई अनुभूत गर्दछौँ ।

यिनीका उत्पत्ति र ऊर्जासँग पूर्ण रूपमा परिचित नभए पनि यिनका प्रभावका बारेमा भने हामी परिचित हुन्छौँ । उदाहरणका लागि कुनै गहिरो र हार्दिक भावना उल्लेख गर्दा हामी मुटुमा मन्द मीठो वा नमीठो अनुभूति गर्दछौँ । त्यस्तै तेस्रो आँखा उल्लेख गर्दा हामीलाई अज्ञात स्रोतबाट प्राप्त ज्ञानको अनुभूति हुन्छ ।

सात चक्र निम्नानुसारका हुन्छन्

मूलाधार चक्र– यौनाङ्गको आधार क्षेत्रमा रहने यो चक्र यौनेच्छा, अस्तित्व, पीडा, खुसी, निराशासँग सम्बद्ध हुन्छ । यसको रङ रातो भएको मानिन्छ ।

स्वाधिष्ठान चक्र– यो नाभिको ठीकमुनि अवस्थित हुन्छ । यो शरीरको सन्तुलन र गुरुत्वको केन्द्र तथा जीवनको प्रमुख ऊर्जाको स्रोत स्थान हो । यो चक्र भावना, प्रजनन र प्राणसँग सम्बद्ध हुन्छ । यसको सुन्तला रङ हुन्छ भन्ने मान्यता छ ।

मणिपुर चक्र–  करङको अघिल्लो भागको केन्द्रभित्र अवस्थित हुने मणिपुर चक्रको सम्बन्ध बौद्धिकता, आत्मविश्वास, शक्ति र कर्मसँग हुन्छ । यसको रङ पहेँलो मानिन्छ ।

अनाहत चक्र– यो चक्र दुवै स्तनका बीचमा अवस्थित हुन्छ । यसको सम्बन्ध प्रेम, सहानुभूति, सहजता, खुसी र बाह्य संयोगसँग हुन्छ । यसलाई सांसारिक भावना र आध्यात्मिक चेतनाबीच संयोगको चक्र मानिन्छ । यसको रङ हरियो रहेको विश्वास छ ।

विशुद्ध चक्र– घाँटीमा अवस्थित यस चक्रको सम्पर्क आत्मबोध र आत्मअभिव्यक्तिसँग सम्बद्ध हुन्छ र  यसको रङ नीलो मानिन्छ ।

आज्ञा चक्र–  दुई आँखीभौँका बीचमा अवस्थित हुने यस चक्रलाई तेस्रो आँखाको स्थान पनि मानिन्छ । यसको सम्बन्ध सहजता, अन्तर्दृष्टि, ज्ञान र करुणासँग हुन्छ । यसको रङ नीलो मानिन्छ ।

सहस्रार चक्र– तालुमा अवस्थित हुने यो चक्र विचार, आत्मबोध शरीर, मन र आत्माबीचको सन्तुलन र आध्यात्मिक चेतनासँग सम्बद्ध हुन्छ । यसको रङ बैजनी मानिन्छ ।

प्रेमीले यो अभ्यासलाई सजिलैसँग निरन्तरता दिन चाहेमा शरीरको तल्लो भागमा पनि यस्तै अभ्यास गर्न सक्छन् ।

शारीरिक शक्ति प्रवाह

तन्त्र विद्याअनुसार मानव शरीरभित्र कुण्डलिनी नाम गरेको बृहत् र गतिशील शक्ति हुन्छ । तन्त्र विद्याका व्याख्याता तान्त्रिकहरूको विश्वासअनुसार सामान्य वातावरणमा मानिस जतिखेर आफ्नो शारीरिक अस्तित्वसँग मात्रै बढी सम्बद्ध हुन्छ, त्यतिबेला कुण्डलिनी शक्तिको प्रभाव कमजोर हुन्छ।

कुण्डलिनी शक्तिको क्षमता र रूपान्तरणको मनोशारीरिक प्रक्रिया र प्रभावका बारेमा जति बुझे पनि कमै हुन्छ । योग, ध्यान र यौन व्यवहारहरूका माध्यमबाट कुण्डलिनी शक्ति जागृत हुँदा शरीरमा केन्द्रीय मार्ग हुँदै यो शक्ति माथि उठ्दै जान थाल्दछ । अनि सूक्ष्म शक्ति केन्द्रहरूसँगको अन्तरक्रियाद्वारा रूपान्तरण हुँदै चरणबद्ध रूपमा चेतनाको नयाँ गहिराइमा प्रदर्शित हुँदै जान्छ। चरम अवस्थामा पुगेपछि यस शक्तिले तालुमा रहेको सहस्रार चक्रलाई खोलिदिन्छ र त्यसपछि साधक अलौकिक आनन्दमा लीन हुन्छ ।

तन्त्र विद्याले शरीरका सातवटै ऊर्जा केन्द्र पूरा खुल्नु र आध्यात्मिक रूपान्तरण भइरहनुलाई जरुरी मान्दछ । त्यसैकारण यसले सम्भोगलाई उच्च चेतनाको महìवपूर्ण मार्गका रूपमा व्याख्या गरेको छ ।

अभ्यासले व्यक्तिलाई शरीरको सूक्ष्म शक्तिको तरङ्गप्रति बढी सचेत गराउन मद्दत पुग्छ । यसबाट सामान्य र सहज तरिकाले शरीरका ऊर्जा चक्रबीच समन्वय र सन्तुलन कायम हुन्छ । अभ्यासहरूमध्ये सुमसुम्याउने वा मालिस प्राथमिक मानिन्छ । तान्त्रिक विधिका क्रममा जोडीले एकअर्कालाई कामेच्छा नराखी छुनु पर्दछ । मालिसलाई सामान्य रूपमा नभई योगका रूपमा अभ्यास गर्नु पर्ने हुन्छ । यसमा यौनेच्छा हुँदैन तर अनन्त प्रेम हुन्छ । आफ्नो प्रेमीको शरीर सुमसुम्याउँदै घुमाएर गरिने यस्तो मालिसले स्वतःस्फूर्त रूपमा आत्मविश्वास बढाउँदै लान्छ र हातमा चेतनाको तह पनि बढ्दै गई शरीर मात्र होइन यसको शक्तिको सारतìव पनि वृद्धि हुने गर्छ ।

ध्यानमग्न भई मालिस गर्दै जाँदा प्रेमीबीचको सीमा हराउँदै जान्छ र दुवैको शक्ति आपसमा एकीकृत हुँदै जान्छ । यस्तो अभ्यास गरिरहेकाहरूले आनन्दमा मग्न हुने कोसिस गर्दै आफ्नो श्वास र ध्यान प्रेमीका हातको स्पर्शबाट प्राप्त सम्मोहनतर्फ केन्द्रित गर्ने प्रयास गर्नु पर्दछ । 

मालिसमा अभ्यस्त हुँदै गएपछि शक्तिको तरङ्ग अनुभूति हुन थाल्दछ । यस्तो धड्कन बग्दो नदी, तरङ वा ऊर्जाको कम्पनका रूपमा अनुभव गर्न सकिन्छ । कहिलेकाहीँ कुनै प्रेमी थकित अथवा तनावको अवस्थामा भए चक्र वा ऊर्जा केन्द्रहरूको शक्ति कम वा बढी भएको अनुभव गर्न सक्छन् । शरीर, मन र आत्माका बीचमा सन्तुलन र चक्रहरूका बीचमा समन्वयात्मक सन्तुलन कायम गर्न निम्न अनुसारको सजिलो अभ्यास गर्न सकिन्छ :

पहिले ध्यानमा लीन भई आफ्ना दुवै हातलाई ऊर्जा केन्द्रहरूमा अथवा थोरै माथि अत्यन्त हलुका साथ राख्नु पर्दछ । त्यसपछि सहजतासाथ आफ्ना हातलाई विस्तारै चलाउँदै जाने । प्रेमीको हात समाई आ–आफूलाई मन लागेको ठाउँतिर डो-याउन सकिन्छ । सबै चक्रमाथि एकएक गरी क्रमशः पूर्ण अभ्यास गर्दा पनि हुन्छ । प्रेमीले यो अभ्यासलाई सजिलैसँग निरन्तरता दिन चाहेमा शरीरको तल्लो भागमा पनि यस्तै अभ्यास गर्न सक्छन् ।

तन्त्रविद्याले शरीरका सातवटै ऊर्जा केन्द्र पूरा खुल्नु र आध्यात्मिक रूपान्तरण भइरहनुलाई जरुरी मान्दछ । त्यसैकारण यसले सम्भोगलाई उच्च चेतनाको महत्त्वपूर्ण मार्गका रूपमा व्याख्या गरेको छ । 

यसको विपरीत प्रेमीलाई असहज अनुभव भए यस अभ्यासलाई तलबाट माथितिर लैजान सकिन्छ । यसैगरी आवश्यकताअनुसार तलमाथि गर्न वा अभ्यासलाई रोक्न पनि सकिन्छ ।

जब प्रेमी जोडीले ध्यान, मालिस र ऊर्जा सञ्चयको अभ्यासबाट शारीरिक र मानसिक रूपमा ऊर्जामय भई निरन्तर आनन्द अनुभव गर्दछन् तब चक्रहरूको अर्को अभ्यास सुरु गर्न सकिन्छ ।

पवित्र शरीरको सम्मान

सबै रहस्यमय यौन अभ्यासहरूले सम्भोगलाई शारीरिक आनन्द र वंशवृद्धि गर्ने उद्देश्यभन्दा फरक उद्देश्यका लागि प्रयोग गर्न सिकाउँछ । उदाहरणका लागि पुरुष र स्त्री यौनाङ्गका साङ्केतिक प्रयोगलाई उच्च मर्यादा दिइएको पाइन्छ । जस्तै शिवलिङ्ग पूजन अथवा गुह्येश्वरी पूजन आदि । अझ प्राचीन संस्कृतिमा यौनाङ्गका आकृतिहरू ढुङ्गा र काठमा कुदेर पूजाअर्चना गर्ने गरेको पाइन्छ।

यौनाङ्गहरूको यस्तो सम्मानले स्त्री–पुरुषबीचको सम्भोगको महिमालाई पनि बढाउँछ । आफू र आफ्नो प्रेमीको शरीरको पूर्ण सम्मानका लागि दुवैले मिलेर कुनै संस्कार पालन गर्ने अभ्यास गर्न सक्छन् । उदाहरणका लागि “म तिम्रो सुन्दरता/छाला/स्तनको सम्मान गर्दछु,” अथवा “तिमीभित्र लुकेको नारीत्व र पुरुषत्वप्रति म अत्यन्त गहिरो सम्मान प्रकट गर्दछु” भनी लेखिएका रङ्गिन कार्डहरू विवाह वा पहिलो भेटको वार्षिकोत्सवमा आफ्नो/आफ्नी प्रेमीलाई आफूले र अत्तरको सुवास भएको खाममा हाली उपहार दिने संस्कार पालन गर्दा एकअर्काबीचको प्रेमको उचाइ र महìव बढ्छ ।

तान्त्रिक चरमोत्कर्ष

तान्त्रिक चरमोत्कर्ष सामान्य सम्भोगमा हुने आनन्ददायी मांसपेशीको सङ्कुचनभन्दा अझ आनन्ददायी हुन्छ । यसमा सम्पूर्ण शरीरभरि आनन्दको ज्वार फैलन्छ र नितम्ब मात्र होइन सम्पूर्ण शरीरका मांसपेशीमा पनि सङ्कुचन आउँछ । आफू प्रेमीभित्र पग्लदै गएको अनुभूति हुन्छ ।

वास्तविक तान्त्रिक चरमोत्कर्षले शरीर र आत्मा दुवैलाई समेट्दछ । वासना र वेगका लागि स्थान हुँदैन, केवल चरमोत्कर्षमा एकोहोरिने कुरा नै महìवपूर्ण हुन्छ । आरामसँग इच्छाएजति समय एकअर्कासँग समय बित्छ । हतार नगर्दा चरमोत्कर्ष झन् तीव्र हुन्छ र सम्भोग अवधि लामो हुन्छ । 

चरमोत्कर्षरहित सम्भोग

सबै अप्रत्याशित रहस्यमय यौनव्यवहारहरूमा सम्भोगका बेला स्खलन र चरम उत्तेजनाको स्थितिमा नपुग्ने अवस्थाको महत्त्व बढाइएको पाइन्छ । चरमोत्कर्षको आवश्यकता र महत्त्वलाई बढाउने आधुनिक यौनशास्त्रका अनुयायीको अवधारणाभन्दा तान्त्रिक सम्भोगको अवधारणा फरक छ ।

यथार्थमा चरमोत्कर्षलाई सम्भोगको एक मात्र र अन्तिम लक्ष्य भन्ने मान्यता व्यापक छ । यसले गर्दा कतिपय पुरुषलाई आफ्नी प्रेयसीले चरमसुख प्राप्त गर्नुअघि नै स्खलन हुने डरले सताएको हुन्छ । अर्कातर्फ स्त्रीलाई चरमोत्कर्षमा नपुग्दै आफ्नो प्रेमी स्खलित भएकोमा दुःखको अनुभूति हुन सक्छ । कतिपय स्त्रीले आफ्नो प्रेमीको पुरुषजन्य दम्भ कायम राख्न चरमोत्कर्षमा पुगेको कृत्रिम अभिनय पनि गर्दछन् ।


आधुनिक यौन सम्बन्धमा अपेक्षाकृत उच्चकोटीको चरमोत्कर्ष प्राप्त गर्नुपर्ने दबाब बढी हुन्छ । सँगसँगै चरमोत्कर्ष प्राप्त गर्ने क्षमताले जोडीको सम्भोगको आनन्द र सन्तुष्टिलाई त बढाउँछ तर सम्भोगमा सधैँ त्यस्तो अवस्था हुन्छ कि हुँदैन भन्ने चिन्ताले सम्भोगको प्राकृतिक स्वतःस्फूर्ततालाई घटाउने मात्र होइन यसको गम्भीर अनुभूति र कोमलतामा कमी ल्याउनुका साथै अन्तर्निहित आध्यात्मिक पक्षलाई पनि विकसित हुन दिँदैन ।

सम्भोगमा चरमोत्कर्षलाई निषेध गर्ने तान्त्रिक अवधारणा पुरुष र स्त्री दुवैमा लागू हुन्छ । यो सम्भोगलाई लामो बनाउने र शरीरमा अन्तर्निहित ऊर्जालाई स्खलन र चरम आनन्दबाट घटाउनेभन्दा शरीरभित्रै रूपान्तरित रूपमा कायम राख्ने अवधारणाबाट प्रेरित छ । तान्त्रिक सम्भोगमा अतिउत्तेजनालाई निषेध गरेर छिटो चरमोत्कर्षमा पुग्ने सम्भावनाबाट मुक्ति पाइन्छ । प्रेमीहरू पूर्ण कामुक र सम्भोगरत अवस्थामा आ–आफूले चाहना गरेको समयसम्म टिकिरहन सक्तछन् ।