श्रमिकको दैनिक एक्स–रे गर्ने हीराखानी
दक्षिण अफ्रिकामा कुनै समय हीरा खानीमा काम गर्ने श्रमिकले हरेक दिन एक्स–रे गराउनु पर्दथ्यो । श्रमिकको स्वास्थ्यको अवस्था जान्न होइन शरीरमा हीरा लुकाएको त छैन भनी पक्कापक्की गर्न प्रत्येक दिन उनीहरूको एक्स–रे गरिन्थ्यो । सन् १९५४ मा दक्षिण अफ्रिकाको किम्बर्लेमा रहेको डी बियर्स हीरा खानीमा काम गर्ने श्रमिकले आफ्नो पालो सकाएर घर फर्कने बेला त्यहीँ रहेका रेडियोलोजिस्टले उनीहरूको एक्स–रे गर्दथे । सानो भन्दा सानो हीरा पनि झुक्याएर खानीबाट बाहिर लैजान नसकियोस् भनेर हरेक श्रमिकलाई एक्स–रेबाट गुज्रनु पर्दथ्यो ।