सङ्कटमा गधा

नेपालमा गधाका बारेमा धेरै कम मानिसलाई थाहा छ, जो जसलाई थाहा छ उनीहरूले समेत गधालाई हेयका दृष्टिले हेर्ने गर्छन् । यस्तो अवस्थामा गधा दिवसको जानकारी कत्तिलाई होला ? जानी राखौँ हरेक वर्ष मे ८ मा गधा दिवस मनाउने गरिएको छ । नेपालमा बाटोको पहुँच नभएको ठाउँमा गधा, खच्चड नै सरसामान बोक्न र सवारीको साधनका रूपमा प्रयोग हुँदै आएका छन्, विशेषगरी पहाडी क्षेत्रमा । उच्च पहाडी जिल्लामा खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीमा यिनको ठूलो योगदान रहेको छ । यसर्थ यी पशुले हजाराैँ परिवारको जीविकोपार्जनमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।