रेडियोथेरापीका अनेक रुप

क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियोथेरापीलाई नेपाली बोलीचालीमा बिजुलीले सेक्ने उपचार भनेर बुझिन्छ । खासमा यसमा बिजुलीको प्रयोग गर्ने नभई विकिरणको प्रयोग गरिन्छ । यो विकिरण थेरापीले क्यान्सर कोषलाई नष्ट वा यसको वृद्धिमा नियन्त्रण गर्दछ । रेडियोथेरापीको क्रममा प्रयोग गरिने विकिरणले क्यान्सरको डिएनएलाई नष्ट गरी कोषको विनाश गराउँछ । रेडियोथेरापी विधिमा क्यान्सर कोष वृद्धिलाई नियन्त्रणमा राख्ने क्षमता पनि हुने भएकाले क्यान्सर