एक दृश्यले जसलाई बनायो दर्जनौँकी आमा

मान्छेको भूमिका बदलिन धेरै ठूलो घटना हुनु पर्दैन। बाटो फेरिन निकै ठूलो घुम्ती चाहिँदैन र लामो कालखण्ड आवश्यक पनि हुँदैन। जिम्मेवारी र जीवन मोडिन त एक दृश्य नै काफी हुन्छ। बेलायती नागरिक लिसा ह्वाइटहाउस फोस्केटको जीवनमा पनि त्यस्तै भयो। उनको भूमिका बदलिनुमा पनि कुनै ठूलो घटना भएको होइन। सानो दृश्य, बस एक सानो दृश्यले उनको मन फेरियो। त्यही दृश्यको रापले उनलाई जिम्मेवारीको ठूलो भारी बोक्ने प्रेरणा मिल्यो र उनले नयाँ भूमिकामा जीवन समर्पित गर्ने प्रण गरिन्। धेरैलाई अपनत्व मात्र होइन, ममतामयी अभिभावकत्व दिन उनी दृढ बनिन्।