• १५ वैशाख २०८१, शनिबार

मरुभूमिमा भूताहा जहाज

blog

यी पानीजहाज मात्र ३० वर्षपहिले विश्वको चौथो ठूलो तालमा हुन्थे । अहिले त्यहीँ मरुभूमिमा भूताहा जहाज भएर थन्किएका छन् । 

कुनै बेला अलेक्जेन्डर महानले समेत पार गर्न ठूलो चुनौती मानेको ‘अराल सी’ अहिले सुकेको छ । यो ताल माछाको ठूलो स्रोत थियो र बिदा मनाउनेको समेत यहाँ घुइँचो लाग्दथ्यो । यस ताल वरिपरि कैयौँ रिजोर्टसमेत खुलेका थिए तर अचेल यहाँ उजाड छ । पानीजहाज सुक्खा भुईंमा पछारिएका छन् । लगभग छ सय वर्षमा अराल सागर करिब पूर्ण सुकेको छ ।

एक समय अराल सागर उज्वेकिस्तान र कजाखस्तानको ठूलो भूभागमा फैलिएको थियो तर जलस्रोतको व्यापक दोहन तथा सिँचाइका लागि ठूला बाँध निर्माणबाट यो सागर आजको मरु अवस्थामा पुगेको छ । 

– युवामञ्च