• ३० वैशाख २०८१, आइतबार

मोटोपना भएको कसरी थाहा पाउने ?

blog

बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको  निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा)को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2  ।

बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ ।

अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२३ पाइएको छ भने उत्तरी अमेरिकामा २५–२७ बिएमआई छ । युरोप, ल्याटिन अमेरिका, उत्तरी अफ्रिका र प्रशान्त महासागरीय देशहरूमा पनि उत्तरी अमेरिका सरहको बिएमआई देखिएको छ ।

सामान्तया बयस्क र पाका मानिसको बिएमआई बढेको हुन्छ । १८.५ भन्दा कम बिएमआई भएको व्यक्ति कम तौल भएको वर्गमा पर्दछ । 

विकसित देशमा बिएमआई बढ्दो छ र केही अध्ययनले जनाए अनुसार बाल्यकालमा कुपोषित रहेको तर बयस्क अवस्थामा मोटोपना भएको व्यक्तिमा उच्च रक्तचाप, मुटुको रोग र मधुमेह हुने खतरा हुन्छ । 


–युवामञ्च