• १० साउन २०८१, बिहिबार

लोक सेवा आयोगबाट दुई सय ९१ जना सुब्बा आवेदन माग

blog

काठमाडौँ, पुस २५ गते । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो । 

जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् । 

आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन  २६ गते हुने जनाएको छ ।