काठमाडौं, वैशाख ५ गते । नेपाल चलचित्र नृत्य संघका कलाकारहरुले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाइ ज्ञापन गर्नुभएको छ ।
मंगलबार उपराष्ट्रपति निवास लैनचौरमा आयोजित एक समारोहमा संघले उपराष्ट्रपति यादवलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएकोमा चलचित्र क्षेत्रको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना ज्ञापन गरेको हो ।
संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान समारोहमा उपराष्ट्रपति यादवलाई मायाको चिनो अर्पण गरिएको थियो ।
सो अवसरमा समारोहका प्रमुख अतिथि उपराष्ट्रिपति यादव समक्ष संघले चलचित्र क्षेत्रमा विद्यमान राष्ट्रिय समस्याहरुलाई समाधानका निम्ति सरकारसँग पहल गरिदिन आग्रह गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष जनकबहादुर कार्की, कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कलाकारहरुको उपस्थिति थियो ।