• १३ साउन २०८१, आइतबार

कवि थापाको निधन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । कवि मोहन हिमांशु थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीबार ललितपुरको नखिपोटस्थित आफ्नै घरमा उहाँको निधन भएको हो । उहाँ विगत एक वर्षदेखि स्नायुसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँको गोकर्णमा जन्मिनुभएका उहाँ गोकर्ण छोडेर सहरमा डेरा लिएर बस्न थाल्नुभएपछि उहाँलाई सङ्गतले कवि बनाएको थियो । 

जीवनका पछिल्ला वर्षमा साहित्यबाट टाढिए पनि साहित्य नै उहाँका लागि सबथोक थियो । युगकवि सिद्धिचरण पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पहलमानसिंह पुरस्कार, बालकृष्ण सम पुरस्कारलगायतका पुरस्कारबाट उहाँ सम्मानित हुनुहुन्थ्यो ।