• १३ साउन २०८१, आइतबार

सूचनाको हकसम्बन्धी पुस्तक विमोचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । नोदनाथ त्रितालद्वारा लिखित पुस्तक ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’को विमोचन गरिएको छ । त्रिवि कानुन सङ्कायका डिन प्राध्यापक डा. कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डीएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा राससका अध्यक्ष झाले सूचनाको हकको अभियानमा यो पुस्तक महत्त्वपूर्ण रहेको बताउनुभयो । कानुन सङ्कायका डिन बस्यालले सूचनाको हकको क्षेत्रमा क्रियाशील सङ्घसंस्थालाई पृष्ठपोषण दिन पुस्तक उपयोगी रहेको बताउनुभयो। 

लेखक त्रितालले कानुनी अनुसन्धानबाट निस्किएको निष्कर्षलाई सम्बन्धित निकायमा पृष्ठपोषण प्रदान गर्दै भविष्यमा कानुनका विद्यार्थीले सन्दर्भ–स्रोतका रूपमा पुस्तक उपयोग गर्न सक्ने बताउनुभयो ।