• २ असार २०८१, आइतबार

क्रिस्टलसँग बराबरीमा रोकियो युनाइटेड

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौ, माघ ५ गते । म्यानचेस्रट युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । क्रिस्टलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेड र क्रिस्टलले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भएको थियो । ४३औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टलका माइकल ओलिसेले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो ।

बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले १९ खेलबाट ३९ अङ्क बनाएको छ । २३ अङ्क बनाएको क्रिस्टल १२औं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ४७ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अङ्क छ ।