• १६ भदौ २०८१, आइतबार

प्रतिभा राउन्ड सम्पन्न

blog

काठमाडौँ, असोज ४ गते । किड क्विन नेपालका २५ अन्तिम प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लिज फेसन होमले आयोजना गरेको १८औँ संस्करणको प्रतियोगितामा नौदेखि १४ वर्षसम्मका बालिकाले ट्यालेन्ट राउन्ड (ट्यालेन्ट उपउपाधि)का लागि आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हो। उक्त कार्यक्रममा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थियो। 

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको जानकारी दिनुभयो। 

उहाँका अनुसार प्रतियोगितामा सामेल बालिकाहरूलाई आफ्नो रीतिरिवाज, धर्म संस्कृति र चाडबाडबारे समेत ज्ञान प्रदान गर्ने गरिन्छ।