• १३ पुस २०८१, शनिबार

प्रतिशोध [कथा]

blog

असारका बेफुर्सदिला दिन थिए । सुर्जे बूढाले अन्तिम सास वायुमण्डलमा छाड्दा दिउँसोको एक जति बजेको हुँदो हो । मध्यदिनको मरन भयो । गाउँका धेरै मानिस मेलापातमा थिए । खेतखेतमा भरमार रोपाइँ चलेको थियो । एकोहोरो शङ्खको कर्कश आवाज डाँडाबाट भुँवरी पर्दै कुनाकुनासम्म पैmलियो । गाउँलेले खेतखेतमा नारेका गोरु फुकाए । सबै जना काम गर्दागर्दैको हिलै लुगामा मलामा हिँडे । 

एक समय गाउँकै शासनसत्ता चलाएको सुर्जेको मलामा जाने तीनथरीका मान्छे थिए । पहिला थिए– उसका आफन्त । नाताको लामो लहरो हुनाले पचासमाथिको सङ्ख्या उसका आफन्तै थिए । दोस्रा थिए– उसको रिनधन चलाएका, सुर्जेका आफन्तलाई देखाउनका लागि भए पनि मलामा जान बाध्य भएका । तेस्रा थरी थिए– गाउँमा मर्दापर्दा ज्यान छाडेर लाग्ने मनकारी मान्छेहरू । 

सुर्जेबहादुर क्षेत्रीको लास चितामा दनदनी जलिरहँदा गोपाल लामो बाँसले लासमा बेस्मारी घोच्दै थियो । उसको घोचाइ अलि असामान्य लाग्थ्यो । अनुहारमा रिस, आवेग र प्रतिशोधको भाव देखिन्थ्यो । ऊ पल्याकपुलुक अरूतिर हेथ्र्यो र ठ्याकठ्याक पार्दै सुर्जेको बूढो हड्डी बाँसले बजाथ्र्यो । उसको घोचाइलाई अरूले याद गरे गरेनन् तर हरि मास्टर पल्लो कुनामा बसेर आश्चर्यसाथ त्यो दृश्य हेरिरहेको थियो ।

गोपाल सामाजिक थियो । सहयोगी थियो । अरू युवाभन्दा फरक स्वभावको थियो । ऊ गाउँघरमा परेका हरेक समस्यामा ऊ अगुवाइ गथ्र्यो । सानैदेखि मलामा जान्थ्यो । बिहेभतेर, पूजाआजामा अगाडि सरेर परेको काम गथ्र्यो । 

कतिपय मलामा हरि मास्टर र गोपाल सँगै गएका थिए । तर गोपालले यसरी अरूको लास चलाएको र घोचेको मास्टरले कहिल्यै देखेको थिएन । दागबत्ती दिएपछि अलग्गै पर गएर हेरिबसेको हुन्थ्यो ।

त्यो दिन गोपालले अचम्मकै व्यवहार देखायो । लास डढेर सकिन लाग्दै थियो । गोपाल झन्झन् लाठी बजार्दै थियो । सानो डल्लो रहँदासम्म पनि गोपालले बाँस बजार्न छाडेको थिएन । अन्त्यमा उसैले सुर्जेको शेष पिण्डलाई घचेटेर कोसीको पानीमा मिसाइदियो । त्यो बग्दै गयो, गोपाल त्यसलाई बाँसले हान्दै, घचेट्दै निकै तलसम्म पुग्यो र फर्कियो ।

+++

अधिराजकुमारी शारदा शाह विक्रम संवत् २०३१/३२ सालतिर जिल्ला दौडाहमा आउँदा गाउँ गाउँमा ‘शारदा स्कुल’ नामकरण भएका रहेछन् । रामेछापको अर्चले गाउँको स्कुलको नाम पनि ‘भीमेश्वर’बाट ‘शारदा स्कुल’ भएको रहेछ । हरि मास्टर दस वर्षदेखि त्यही शारदा स्कुलमा पढाउँदै आएको थियो । उसको नागरिकता दोलखातिरको भए पनि ऊ एक किसिमले अर्चले गाउँकै स्थायी बासिन्दा भएको थियो । ऊप्रति गाउँलेहरूको प्रचुर सदासयता थियो । टोलको सदस्यजस्तै थियो मास्टर । मीठोचोखो पाक्दा उसकोमा आइपुग्थ्यो । ऊ पनि त्यो गाउँको ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भएको थियो । 

अर्चले गाउँमा भुजेलको बाहुल्य भए पनि केही क्षेत्री र थोरै बाहुनहरू बस्थे । अलिपर कामी टोल थियो । अलि तल दमाइ टोल अनि मास्तिर सार्कीहरू बस्थे । फरक फरक रङका पूmलको सुन्दर मालाभैmँ लाग्थ्यो अर्चले गाउँ । 

जगतबहादुरको नाति सन्तबहादुरको छोरा टङ्कबहादुर भुजेलको घरमा हरि मास्टर डेरा बसेको थियो । उसको छोरा गोपाल भुजेलले तीन वर्षअघि एसएलसी पास गरेको थियो । टङ्कबहादुरले मास्टरसित दुःख पोखेको थियो, ‘सर, तपैँले गोपाललाई एसएलसी पास गराइदिनु भो । यल्लाई कतै सानुतिनु काममा लाइदिनु भो भने खर्च जुटाएर मास्तिर पढ्थ्यो होला ।’

मास्टरले टार्ने मनसायले भनेको थियो, ‘दाजु, एसएलसी पास गरेर के काम पाइन्छ र ! अलि पढोस् अनि कतै केही गरुँला नि !’

गोपाल एसएलसी पास गर्नेमा भुजेल टोलको पहिलो विद्यार्थी थियो । सम्पूर्ण भुजेलहरू गोपालप्रति गर्व गर्थे । उसले एसएलसी पास गर्दा आफ्नै छोराले पास गरेजस्तै मास्टर खुसी भएको थियो । गाउँमै बाह्र कक्षा सकेपछि गोपाललाई सहकारीमा ससानो काम मिल्यो । गोपालले दुई चार पैसा कमाउन थालेपछि उसका बाआमाको दुःख बीसको उन्नाइस भएको थियो । अभावहरू केही पर हटेका थिए । 

हरि मास्टर महिना डेढ महिनामा घर जान्थ्यो । जाँदा मेरा छिमेकीहरू ‘सर, कहिले आउनुहुन्छ ?’ भनेर सोध्थे । छिमेकीप्रति माया उर्लेर आउँथ्यो । अर्चले गाउँको शिक्षक हुन पाएकामा गर्वबोध हुन्थ्यो हरि मास्टरलाई ।

मास्टरलाई गोपालको त्यो दिनको क्रियाकलाप असामान्य लागेको थियो । ऊ त्यसको कारण जान्न चाहन्थ्यो । उसले एक दिन गोपाललाई सोध्यो, ‘गोपाल भाइ, अघिपछि तिमी कसैको लास घोच्न जाँदैनथ्यौ । तिमीले सुर्जे बूढाको लासमा किन त्यसरी बाँसले घोच्यौ ? किन बजा¥यौ ?’

+++

सुर्जेबहादुर उसको समयको एक शक्तिशाली मानिस थियो । मानौँ, उसका शक्तिका अगाडि सारा प्रकृति पनि टक्क अडिन्थ्यो । पृथ्वी रोकिन्थ्यो र नदी उल्टो बग्थ्यो । गाउँका गरिब गुरुवालाई कँज्याएर बिना ज्याला काममा जोत्थ्यो । आने ब्याजमा गरिबलाई रुपियाँ दिन्थ्यो । पच्चीसा उठाएर टोलटोलमा अन्नका भकारी खडा गरेको थियो । तिनै भकारीबाट सुर्जे गाउँलेलाई पच्चीसामा अन्न लगाउँथ्यो । अर्को वर्ष सयौँ मुरी अन्न जम्मा गथ्र्यो र पच्चीसामै लगानी गथ्र्यो । अनेक अनेक जालसाजी गरेर गाउँलेलाई फसाउँथ्यो । तीस रुपियाँको तमसुकमा सुन्ना थपेर तीन सय बनाउँथ्यो । 

गाउँको प्रधानपञ्च पनि उसकै अरनखटनमा हिँड्थ्यो । यदाकदा गाउँमा आउने अड्डाका तालुकदारहरूलाई औँलोमा नचाइदिन सक्थ्यो । तिनीहरूको मुकाम उसकै घरमा हुन्थ्यो । गाउँलेका ओथारो बसेका कुखुराका पोथी पनि बाँकी राख्दैनथ्यो । अर्काकी स्वास्नीमाथि आँखा लगाउँथ्यो । गाउँका चेलीबेटीले हच्किएर, दच्किएर र डराएर हिँड्नुपथ्र्यो ।

एक दिन सुर्जेबहादुर क्षेत्री, जङ्गबहादुर चुवान र बखते थापाले जगतबहादुर भुजेललाई डोकोमा कोदालो र खन्ती बोकाएर ओरालो झरे । जगतेले सोध्यो, ‘म काँ जानु पर्नी हो मालिक ?’

सुर्जेबहादुरले थर्काएर भन्यो, ‘जाँ भए नि ऐले चुपचाप हिन् न । त्याँ पुगेसि थाह पाइहाल्छस् नि !’ 

त्यसपछि जगते बोलेन । एक घण्टा ओरालो झरेपछि तिनीहरू तेर्सो लागे । आधा घण्टामा तिनीहरू पिप्ले गाउँ पुगे । मध्यरातमा तामाकोसी शान्तसित बग्दै थियो । नदीको एकनासको स्वाँस्वाँले रातलाई एकतमासको बनाएको थियो । निरव थियो वातावरण । टाढाबाट आएको कुकुर भुकाइको आवाजबाहेक कुनै आवाज सुनिएको थिएन । 

जगते अह्राएको काममा खट्यो । सुर्जेबहादुर क्षेत्रीले पर्खालमा बसेर फरमान लगायो, ‘ए जग्ते ! छिटो गर् छिटो । खन्तीमा आड राखेर पयट लगा न । ए मोरा ! त्यसरी त के छिटो हुन्थ्यो ! बिस्तारै हान् है बिस्तारै । गाउँलेले थाह पाउँछन् । फेरि तामाकोसीतिर हेलिनु पर्ला ।’ 

केही मानिसहरू रातको त्यो चकमन्न सन्नाटामा पिप्ले गाउँको माझमा रहेको राधाकृष्णको मूर्ति उखेल्दै थिए । मूर्ति निकै पुरानो र मूल्यवान् भएकाले पहिल्यैदेखि सुर्जेबहादुरका आँखा त्यसमा परेका थिए । 

वरिपरि दुई चार घर मात्रै थिए । जुनेली रातमा ती घरमा लगाएको सेतो कमेरो मात्र अलिअलि देखिन्थ्यो । खरका छाना काला थुप्राजस्ता देखिएका थिए । ती घरबाट कोही मान्छे बाहिर पिसाब गर्न निस्कन्छ कि भन्ने डर थियो । 

छेवैमा आएर जङ्गे चुवानले थर्कायो । ‘यो जग्ते मुर्दाको त बलै रैनछ । बलियो छ भनेर लेराको । खै, यसले त जुलुम बितायो । यो तालले कैले सकिन्छ काम !’ 

जग्ते मूर्ति उखेल्दा उखेल्दै असिनपसिन भएको थियो । छाती फुलेर आरनको खलाँती हुँदा पनि बल गर्न छाडेको थिएन । यसो गर्दा नि हुँदैन, उसो गर्दा नि हुँदैन । सुर्जे, जङ्गे, बखते सबै उसैलाई टोकसिरहेका थिए ।

एक मनले त लागेको थियो जग्तेलाई– मूर्ति उखेल्ने काम छाडेर तामाकोसी किनारै किनार भागूँ । तर उसको भाग्न सक्ने औकात थिएन । भागेर जाने ठाउँ थिएन । भागेर गैहाले भोलिपल्टै सुर्जेबहादुरहरूले गाउँमा बस्न दिने थिएनन् ।

पाँच मोहोर ज्याला कबोलेर मालिकहरूले उसलाई मूर्ति उखेल्न ल्याएका थिए । ऊ त्यै पाँच मोहोरको लोभमा फसेको थियो । अझ, मालिकहरूले अह्राएको काम नगरे आपत्मा रिनसिन नपाउन सक्थ्यो । 

स्वास्नीको आङमा नयाँ लुगा नपरेको वर्ष दिन भएको थियो ।  नौ ठाउँमा टालेको टोप्रेलको चोलो र छिपाको टालो बेरेर हिँड्थी । जगते आपूmले लुगा नफेरेको त वर्षौं भएको थियो । त्यसैले जगते पाँच मोहोरमा आफ्नो बलबर्कत् साटिरहेको थियो ।

जगते रामेछापको अर्चले गाउँबाट धनुषाको चिसापानी–गोदारसम्म मालिकहरूको नुन र सुर्ती लिन जान्थ्यो । नुन लिएर घर आइपुग्न बाह्र–पन्ध्र दिन लाग्थ्यो । खेतीपाती पनि उसले नै लगाइदिन्थ्यो । केही पाथी अन्नमा बर्खभरि खेतबारी जोतिदिन्थ्यो । जति नै दुःखकष्ट भए पनि जगतेले इमान बेचेको थिएन । गोदारबाट धार्नीका धार्नी सुर्ती ल्याउँदा एक बिँडी सुर्ती मालिकको मुठाबाट झिकेन । बाह्रतेह्र पाथी नुन बोक्दा एक ढिको नुन आफ्नोतिर लगेन । इमानको अर्को नाउँ जगतबहादुर भुजेल थियो । 

यतिका हैरानी गर्दा पनि जगतबहादुरले कहिल्यै पेटभरि खान पाएन । सन्तानलाई मन लागेको कुरा खुवाउन सकेन । एकजोर दौरा र कट्टुमा वर्ष दिन धान्यो । पाँच घरको हलो जोत्यो तर अभावले छाडेन । उसले हलो जोतिरह्यो तर गरिबीले उसलाई जोतिरह्यो । अभावकै कारण जगतेका दुई भाइ छोरा धरानतिर आरा काट्ने काममा गएका थिए । दुई तीन वर्ष बिराएर दसैँ दसैँमा मात्र उनीहरू घर आउँथे । साथमा सानी एउटी छोरी मात्र थिई ।  

बखतेले भन्यो, ‘अर्कैलाई ल्याउनुपर्ने रैछ । यो जगते बज्याले सकेन । ए, जग्ते तँ यता बस् । हामी उखेल्छौँ ।’

बखतेले जगतेलाई तानेर उतातिर थचारिदियो । जगतेको ढाडमा अभर प¥यो । ऊ ढाड सुम्सुम्याउँदै भक्कानियो । केही बोलेन । बोल्नु उसका लागि महँगो हुन सक्थ्यो ।

सुर्जेले भन्यो, ‘नामर्द  जग्ते ! खै, ले खन्ती !’

सुर्जेले खन्ती हातमा लियो । ऊ आपैmँ मूर्ति उखेल्न थाल्यो । बखते र जङ्गेले पनि सहयोग गरे । मूर्ति उखेलियो । जगते पेटीमा चुपचाप बसिरहेको थियो । डोकामा मूर्ति हालेपछि सुर्जेले भन्यो, ‘बोक् जग्ते !’

नबोकी धरै थिएन । जगते मूर्ति बोकेर अगाडि लाग्यो । अरू बिरालाको चालमा पछि लागे । बिहान उज्यालो नहुँदै जगतेले मूर्ति दोलखाको पिप्ले गाउँबाट अर्चले गाउँमा ल्याइपु¥यायो । सुर्जेको घरमा मूर्ति थन्क्याएपछि पाँच मोहर ज्याला बोकेर जगते घर गयो ।

एक, दुई, तीन गर्दै हप्ता दिन बित्यो । गाउँमा मूर्ति भित्रिएको खासखुस चल्न थाल्यो । सुर्जेको डरले कसैले मुख खोल्न सकेन । 

एक दिन बिहानै सुर्जेले जगतेको आँगन टेक्न पुग्यो । जगते अन्तै काम गर्न गइसकेको थियो । जगतेकी स्वास्नी साइँली भुजेल्नी आँगनमा झार उखेल्दै थिई । सुर्जेले साइँलीमाथि नशालु आँखा लगाउँदै सोध्यो, ‘ओई साइँली, तेरो पोइ कता गो खै ?’

साइँली अलि दच्किएर बोली, ‘काममा गाछन् मालिक । क्यै गर्न पर्निथ्यो कि मालिकको ?’ 

सुर्जेले रवाफसाथ भन्यो, ‘तेरो पोइ आएसि मेरोमा पठाइदे ।’

डरैडरमा बेलुका जगते सुर्जेको घर पुग्यो । दलानमा गएर बस्यो । मान्छे हो, इख बसिहाल्छ । बचनले बिझाइहाल्छ । उसलाई अस्तिको बचनले मुटुमा घोचिरहेको थियो । भित्रभित्र मुर्मुरिइरहेको थियो तर प्रतिक्रियाविहीन थियो ऊ ।

सुर्जेले हका-यो, ‘ओई जग्ते ! यो मूर्ति मेरो घरमा राख्न भ’न । एक दुई दिन तेरो घरमा लगेर राख् । अलिपछि गाउँमा सामसुम हुन्च अनि रोसी खोलाको बाटो दोलालघाटसम्म लैजानु पर्छ ।’

जगतेको मुटुले ढ्याङ्ग्रो ठोक्यो । उसले घरमा मूर्ति ‘राख्दिनँ’ भन्न सकेन । बेलुका जगतेले मूर्ति ल्यायो । बाख्राको खोरको टाँडमुनि मूर्ति लुकाएर उनीहरू गए ।

अब जाँतो जगतेको टाउकामाथि झुन्डियो । कुनबेला जाँतो खटेर टाउको फुट्छ, उसको मन भुटभुटिइरह्यो ।  एक साँझ गाउँमा तीन चार जना नौला मान्छे देखिए । तिनीहरू सरकारी मान्छे जस्ता देखिन्थे । जगतेको मुटुले ठाउँ छोड्यो । नभन्दै ती मानिसहरू चरीकोट अड्डाबाट आएका डोर थिए । साथमा पुलिस पनि देखिए । भागबण्डामा कुरा नमिलेर जङ्गे र बखतेले नै उजुर गरेका रहेछन् । 

गाउँमा तीन दिनदेखि डोर घुमिरहेको थियो । घरघरमा त्रास पैmलिएको थियो । निकटको त्रासदीको आँकलन गरेर पूरै गाउँ भयाक्रान्त देखिन्थ्यो । 

डोरको सुइँको पाउनेबित्तिकै सुर्जे क्षेत्री गाउँबाट अलप भयो । जङ्गे र बखतेले

डोरलाई जगतेको घरमा लिएर आए । जगते थुरथुर भयो । डोर हाकिमले सोध्यो, ‘जगतबहादुर भुजेल तिमी नै हौ ?’

जगते बोलेन । फेरि सोध्यो, ‘किन नबोल्या ? तिमी नै हौ ?’ जगतेले धनुषभैmँ निहुरिएर उत्तर दियो, ‘हुँम् हजुर, मै हुँम् ।’

डोर कड्कियो, ‘तिम्रो घरमा मूर्ति लुकाएको छ रे ! तिम्ले नै बोकेर ल्याएका रे हैन ?’

जगते अन्धकार सुरुङभित्र छि-यो । उसका आँखाले केही ठम्याउनै सकेन । अँध्यारो मात्रै देख्यो । तत्काल उसले हो र हैन केही भन्न सकेन । मुन्टो झारेर बस्यो । 

डोर फेरि रन्कियो, ‘कहाँ छ त्यो मूर्ति ?’

जगतेकी स्वास्नीतिर फर्केर डोरले सोध्यो, ‘कहाँ राखेको छ तिम्रो पोइले मूर्ति ? तिमीहरू दुइटैलाई लबटो लाउनुपर्छ कि खुरुखुरु भन्छौ ?’

साइँली थरथरी काँपी । उसको ओठमुख सुकेर आयो । लोग्नेको मुखमा हेरिरही । लोग्ने अत्यासिलो मुख लगाएर उभिइरहेको थियो । सहायक डोर बोल्यो, ‘मूर्ति लुकाएको ठाउँ देखाउँछौ कि भाटो लगाऊँ !’

डोर अलि नरम भएर बोल्यो, ‘मूर्ति देखाओ, तिमीहरूलाई केही पनि गर्दैनौँ ।’

जगतेले केही राहतको महसुस ग-यो । आपूm यो सङ्गीन सङ्कटबाट उम्कन लागको सोच्यो । भन्यो, ‘बाख्राको टाँडमुनि छ हजुर मूर्ति ।’

‘जाऊ, झिकेर लेऊ ।’ सहायक डोरले आदेश दियो । 

जगतेका दुई जना खोरमा पसे । मूर्ति झिकेर बाहिर आँगनमा राखिदिए । डोरले भन्यो, ‘पैले मूर्ति राम्ररी सफा गर अनि मूर्ति बोकेर हामीसित हिँड ।’

जगते भुजेलले नाइँ भन्न पाएन । माटोको घैँटोबाट साइँलीले पानी सारी । दुई तीन लोटा पानीले जगतेले मूर्ति पखाल्यो । मूर्ति धपक्कै बल्ला जस्तो देखियो । उसले मूर्ति डोकामा राख्यो । साइँलीसित नाम्लो माग्यो । डोको बोक्यो । हिँड्यो । डोर र पुलिसले जगतेको पाइलो पछ्याए । साइँलीले आँखाबाट बरर आँसु खस्यो । बारीको डिलडिलमा तमासे बनेका गाउँले खासखास खुसखुस गर्न लागे ।

मूर्ति जगतबहादुर भुजेलकोमा भेटिएकाले ऊ चोर साबित भयो । अन्ततः चरिकोट अड्डाले जगतबहादुर भुजेललाई थुन्यो । उसको पक्षमा बोलिदिने र बहस पैरवी गरिदिने कोही भएनन् । मूर्ति चोरीको मुख्य मतियार सुर्जे क्षेत्री भागेर कता पुग्यो कता । आखिर धान खाने मुसो चोट पाउने भ्यागुतो भयो । 

चौध महिना जगते जेल बस्यो । अभैm बस्नुपर्ने थियो । संयोग, अधिराजकुमारी शारदा शाहको जिल्ला दौडाह हुँदा तालुकेले चढ्ने बदमास घोडा काबुमा ल्याउन सक्ने कोही भएनन् । राजकुमारीको सवारीमा खटिएको एउटा कारिन्दाले घोडा तह लाउन सक्नेमा जगतेको नाम सिफारिस ग¥यो । जेल भुक्तानका केही दिन बाँकी हुँदा जगते जेल मुक्त भयो । आदेशले जगते जेल मुक्त भयो तर कागजमा ऊ जेल मुक्त भएको थिएन । अड्डाबाट जगतेको नाममा म्याद आयो । जगतेलाई पक्रन पुलिस आयो तर जगते भागेर बच्यो । 

जगते म्यादबाट बच्यो । पुलिसबाट बच्यो । तर रोगबाट बच्न सकेन । ऊ भोटेकुकुर भुकेभैmँ खोक्न थाल्यो । अलि दिनमा मुखबाट रगतै फाल्न थाल्यो । स्वास्थ्य उपचारको कुरै थिएन । सिटामोल चाहिए पनि कि जिरी कि चरिकोट पुग्नुपथ्र्यो । अनेक अनेक धामीझाँक्रीले झारफुक गरे । भाकलमा बोका काटियो । कुखुरा सेरियो । तर जगतेको रोग घटेन । 

खोक्दा खोक्दै जगते गयो । जगते म-यो तर अड्डामा उसका जेल भुक्तानका बाँकी दिन मरेनन् ।  ऊ मरेपछि पनि जगतेका नाममा म्याद आइरह्यो । पुलिसको उसका ढोका म्याद टाँसिरह्यो । जगतेको घर र परिवारलाई प्रशासनको आतङ्कले आतङ्कित बनाइरह्यो ।

+++

गोपालले उसको जिजुबाको दर्दनाक इतिहास सुनायो । यो दर्दनाक कैरन कहिरहँदा गोपालको अनुहार रातो रातो भएको थियो । थरथरी ओठ काँपिरहेका थिए । चेहरामा प्रतिशोधको ज्वाला दन्किरहेको थियो । भन्दाभन्दै उसका ओठमुख सुकेका थिए । आँखामा आँसु टिल्पिलाएको थियो । रिसले मुठी कस्तै र दाह्रा किट्दै उसले इतिहास भनिसकेको थियो । लाग्थ्यो, गोपालको जिजुबाउको इतिहास हैन, एउटा दुखान्त कथा भनिरहेको छ । 

मास्टर पनि रिसले आगो भयो । सुर्जेबहादुरको जलिरहेको लासमा ठूलो बाँसको भाटाले घोच्यो । बजारिरह्यो लासमा यामानको भाटो ।

झल्याँस्स भयो मास्टर । उसको मन अवचेतन पुगेको रहेछ । ऊ चेतन मनमा फर्कियो । गोपाल भुजेल रिसले दारा चपाइरहेको थियो । हरि मास्टरले आपैmँसित सोध्यो, ‘मानिसमा प्रतिशोधको ज्वाला कति पुस्तासम्म दन्किरहन्छ ?’ एक, दुई, तीन ! कति पुस्ता ! अनुत्तरित प्रश्नले हरि मास्टरको मथिङ्गल बेस्मारी हल्लायो । जुरुक्क उठ्यो र सोच्दै डेरातिर लाग्यो ।