• १९ असोज २०८१, शनिबार

संसदीय टोली कारागार अनुगमनमा

blog

कारागार अनुगमनमा पुगेको संसदीय टोली ।

धनगढी, भदौ ६ गते । प्रतिनिधि सभाको  कानुन न्याय तथा मानवअधिकार समिति कारागारको अनुगमन गर्न सुदूरपश्चिम आइपुगेको छ । यसक्रममा आइतबार कैलाली जिल्लाको कारागारको अनुगमन गरिएको छ भने आज डडेलधुरा कारागारको अवस्था बुझ्ने कार्यक्रम छ । 

उक्त समितिका सदस्य विमला विकको नेतृत्वमा रहेका टोलीले जेलको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीको सीपमुलक तालिम बारे चाँसो राखेको कैलाली कारागाारका जेलर नरबहादुर थापाले बताउनुभयो । 

प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाका अनुसार कारागारको स्थलगत अध्ययनपछि सुधार गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने समेत बताउनुभयो ।  उहाँले ८१ वर्ष पुरानो कैलाली कारागारको नयाँ भवन बनाउनुपर्ने, खानेपानीको सुविधा हुनुपर्ने, स्वास्थ्यका कर्मचारी थप्नुपर्ने, वालवालिकालाई पढ्ने व्यवस्था गर्नुपर्ने, समयानुकुल सिधाको रकम बढाउनु पर्ने, सीपमुलक तालिम दिन जरुरी भएको बताउनुभयो ।

टोलीले कैलाली जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारीसंग समेत कारागारको अवस्था बारे छलफल गरेको थियो । अनुगमन टोलीमा प्रतिनिधि सभाका सदस्यहरु रविन्द्र शर्मा, सविना हुँसेन र विष्णु शर्मा सहभागी छन् । सो टोलीमा समितिक सचिव लक्ष्मण अर्याल र शाखा अधिकृत नविन भट्टटाई पनि रहेका छन् ।

कैलालीका कैदीलाई सास्त्ती

कैलाली जिल्ला  कारागारमा क्षमता भन्दा बढी कैदी भएपछि कैदी बन्दीहरुलाई सास्ती भएको छ । 

कैलाली जिल्ला कारागारमा १५० कैलादी क्षमता भएपनि हाल ५८७ कैदी बन्दीहरु रहेका छन । तीमध्ये  कारागारमा २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कैदी विदेशी गरेर ५४८ पुरुष रहेका छन । त्यस्तै २६ जना कैदी र १० जना बन्दी गरी स्वदेशी महिला ३६ र एक विदेशी महिला कैदी  कैलाली कारगारमा रहेका छन । कारागारमा तीन जना आश्रित समेत रहेका छन ।

कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापाले सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले  क्षमता भन्दाबढी कैदी बन्दीहरुका कारण समस्या भएको बताउनुभयो । 

कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र  शौचालय समेत एउटै रहेका कारण समस्या रहेको  कारागारका कैदी मीनबहादुर खडकाले बताउनुभयो ।