नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ नौ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि विजयी हुनुभएको थियो । बोगटी मङ्गलसेन नगरपालिका–३, लाछिमनाका स्थायी बासिन्दा हुनुहुन्छ । २०४६ सालको आन्दोलनबाट राजनीतिक चेत खुलेको बताउने बोगटीले २०४७ सालमा विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । उहाँ अछाम सदरमुकाम मङ्गलसेनकै षोडशा माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी समाल्दै सो सङ्गठनको केन्द्रसम्म पुग्नुभयो ।
विसं २०४८ देखि २०७९ सम्मका सातैवटा चुनाव जितेको नेपाली कांग्रेसको ३४ वर्षदेखिको पुरानो डडेल्धुरा जिल्लाको किल्ला यसपटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तोडिन पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था निराशाजनक देखिएको छ । पछिल्ला केही वर्षयता एसइई, कक्षा ८ तथा अन्य कक्षाका विद्यार्थीको सिकाइमा अपेक्षाकृत सुधार नदेखिएको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ ।
विदेश जान खोज्ने र उतै जम्ने मोह राखेका युवाको ठूलो जमात रहेको वर्तमानमा काठमाडौँको कीर्तिपुर नगरपालिका–३, समलटोलकी २८ वर्षीय रिस्ता महर्जन भने विदेशबाट फर्केर नेपालमै व्यवसाय गर्ने तारतम्यमा छिन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८२ को १० महिनाको खर्च ३३.२० प्रतिशत मात्रै देखिएको छ ।
भाइबहिनीहरू, डडेलधुराको खिरका बारेमा सुन्नु भएको छ ?
पश्चिम नेपाल र विशेष गरी सुदूरपश्चिम क्षेत्रमा महाभूकम्पको ठुलो जोखिम रहे पनि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न सरोकारवाला चुकेको विज्ञले औँल्याएका छन् ।
पश्चिम नेपाल र विशेषगरी सुदूरपश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम सम्भावना रहेको बताइन्छ । सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न भने सरोकारवाला चुकेको विज्ञहरुको टिप्पणी छ ।
सङ्घीय सरकारकै शैलीमा विनियोजन गरिने प्रदेश सरकारको बजेटमा शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा पर्दैन। प्रदेश सरकारहरूले ल्याउने बजेटमा शिक्षा क्षेत्रलाई चौथो वा पाँचौँ प्राथमिकताका रुपमा राखिन्छ। कतिपय प्रदेशले त शिक्षा शीर्षक नै नराखी सामाजिक क्षेत्र उल्लेख गरेर गोलमोटोलमा बजेट छुट्याउने गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरूलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा सडकबत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ गुणस्तरहीन भेटिएका हुन् । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको र निर्माण कम्पनीले पाउने भुक्तानीसमेत रोक्का गरिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको छ ।
नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।