जुलाई २ मा विश्वभरका सहकारीले १०औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछन् । विश्वलाई राम्रो ठाउँ बनाउन सहकारीको अनुपम योगदान देखाउने संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सहकारी वर्षको एक दशकपछि यस वर्षको नारा ‘सहकारीले राम्रो संसारको निर्माण गर्छन्’ चयन गरेको छ ।
“सहकारीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको ‘वेक–अप कल’को जवाफ दिइरहेका छन्, जसले ‘विश्व अगाध खाडलको किनारमा छ र गलत दिशामा गइरहेको छ’ भनेर चेतावनी दिएका छन् र ‘विश्वास पुनस्र्थापित गर्न र आशालाई प्रेरित गर्न’ भनेर उद्घोष गरेका छन् । हामीलाई सहयोग चाहिन्छ, संवाद चाहिन्छ, समझदारी चाहिन्छ । झन्डै दुई शताब्दीदेखि सहकारीहरू यसतर्फ लाग्दै आएका छन् । डिसेम्बर २०२१ मा अन्तर्राष्ट्रिय सहकारी गठबन्धनद्वारा आयोजित ३३औँ विश्व सहकारी महाधिवेशनमा यो प्रचुर मात्रामा प्रचारप्रसार गरिएको थियो । जसले कसरी उनीहरूको साझा पहिचानले सहकारीहरूलाई विश्वका समस्यालाई सम्बोधन गर्न कदम चाल्न उत्प्रेरित गरिरहेको छ भन्नेबारेमा प्रकाश पारेको थियो,” ब्रुनो रोलेन्ट्स, महानिर्देशकले घोषणा गरे ।
विश्वभर सञ्चालन भइरहेका, अर्थतन्त्रका विभिन्न क्षेत्रमा सहकारी आफूलाई औसतभन्दा सङ्कटको सामना गर्न बढी लचिलो साबित भएका छन् । तिनीहरूले आर्थिक सहभागितालाई बढावा दिन्छन्, वातावरणीय ह्रास र जलवायु परिवर्तनविरुद्ध लड्छन् । राम्रो रोजगारी सिर्जना गर्दछन् साथै खाद्य सुरक्षामा योगदानसमेत गर्दछन् । सहकारी भनेको साझा नैतिक मूल्य–मान्यताको जगमा आधारित विश्वव्यापी रूपमा सहमत सिद्धान्तहरू भएको एक मात्र उद्यम मोडेल हो । सन् १९२३ देखि विश्वभरका सहकारीद्वारा परिचित र सन् १९९५ मा आईसीएको शतवार्षिकीमा संयुक्त राष्ट्रसङ्घको महासभाले आधिकारिक रूपमा घोषणा गरेको, अन्तर्राष्ट्रिय सहकारी दिवस हरेक वर्ष जुलाईको पहिलो शनिबार मनाइन्छ ।
सहकारी दिवसको उद्देश्य सहकारीको चेतना बढाउन र अन्तर्राष्ट्रिय एकता, आर्थिक दक्षता, समानता र विश्व शान्तिको आन्दोलनको विचारलाई बढावा दिनु हो । सन् १९९५ देखि संयुक्त राष्ट्रसङ्घले सहकारीको प्रवद्र्धन र विकास समितिमार्फत संयुक्त रूपमा सहकारी दिवस मनाउने विषयवस्तु तय गरेको छ। सहकारी दिवसमार्फत स्थानीय, राष्ट्रिय र विश्वव्यापी नीति निर्माताहरू, नागरिक–समाज, संस्थाहरू र सर्वसाधारणले सबैका लागि सुरक्षित भविष्यका लागि सहकारीको योगदानबारे जान्न सक्छन् ।
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँगसँगै गरिने कामलाई बुझाउँछ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ । प्राचीन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। ऐँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्युँदाको जन्तीजस्ता कुरा सहकारीकै रूप हुन् ।
अन्तर्राष्ट्रिय सहकारी दिवस
नेपालमा सन् १९५६ मा पहिलो सहकारी स्थापित भएको थियो । सहकारीको मौलिक बुझाइको अभावका कारण १९९२ सम्म नेपालमा आन्दोलन एकदमै कमजोर थियो । यस क्षेत्रमा ठूलो परिवर्तन सन् १९९२ मा भएको थियो, जब सहकारी ऐन १९९२ जारी गरियो । नेपालमा सहकारीले बचत र ऋण, बीमा र गैर–वित्तीय सेवाको एक विस्तृत सेवाका शृङ्खला प्रदान गर्दछ । नेपालमा अनौपचारिक समुदायमा आधारित सहकारीको लामो सांस्कृतिक परम्परा रहेको छ; जसमा बचत र ऋण प्रदान गर्ने सङ्घहरू, जसलाई ‘ढिकुटी’ भनेर चिनिन्छ र अन्न बचत र श्रम आदानप्रदान प्रणाली; जसलाई परम्परागत रूपमा ‘धर्म भकारी’ भनेर चिनिन्छ । त्यस्तै गुठीले विभिन्न सामाजिक, सांस्कृतिक अभ्यासहरू सहज रूपमा चलाउनका लागि एक फोरम प्रदान गरेको इतिहासको सरसरी समीक्षा गर्दा देखिन्छ । यी धेरै पारम्परिक सहयोग प्रणाली नेपालको ग्रामीण क्षेत्रमा अझै छन् ।
नेपाली सहकारी आन्दोलनले धेरै सामाजिक–आर्थिक साथै राजनीतिक परिवर्तन देखेको छ । २०७२ मा संविधान सभाले सफलतापूर्वक नेपालको नयाँ संविधान घोषणा ग-यो; जसले सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रका तीन खम्बामध्ये एकका रूपमा मान्यता दियो । सन् २०१८ र २०१९ मा नयाँ सहकारी ऐन र नियम लागू गरियो। नयाँ संविधानले विकेन्द्रीकरण गरेको छ । स्थानीय र प्रदेश सरकारलाई कानुन जारी गर्न र उनीहरूलाई आवश्यक पर्ने कार्य गर्न अधिकार दिइएको छ । अब प्रदेश सरकार र स्थानीय स्तरका सरकारी निकायहरूले सहकारी कानुन घोषणा गर्न र लागू गर्न सक्दछन् । सहकारी विभागका अनुसार नेपालमा सञ्चालित मुख्य प्रकारका सहकारी संस्थाहरू बचत र ऋण, बहुउद्देश्यीय, दुग्ध, कृषि, फलफूल र तरकारीहरू, माहुरीपालन, चिया, कफी, उपभोक्ता, विज्ञान र प्रविधि तथा ऊर्जा हुन् । नेपालको हालको सबै आर्थिक सूचकाङ्क नकारात्मक भएको बेला सहकारीको भूमिका अझ बढी प्रभावकारी रहेको छ ।
सहकारीले किसान र साना व्यवसायलाई प्रभावी ढङ्गले सङ्गठित गर्दै अत्यावश्यक आर्थिक सहयोग प्रदान गर्दछ र गरिबलाई सशक्त पार्दै रोजगारी सिर्जना गर्दछ । त्यसकारण कुनै छक्कलाग्दो कुरा होइन कि नेपाल सरकारले सार्वजनिक र निजी क्षेत्रको साथसाथ अर्थतन्त्रको तीन मुख्य स्तम्भमध्ये एक सहकारीलाई अँगालेको छ। सहकारीहरू कृषि, वित्तीय र बचत, उपभोक्ता, बहुउद्देश्यीय, बिजुली र स्वास्थ्यलगायत विविध क्षेत्रमा उपस्थित छन् । गत वर्षमा हामीले सहकारी मोडेलले कसरी जनताको हितका लागि र यसका लागि काम गरिरहेको छ भनेर देख्यौँ ।
हामी वास्तवमै सँगसँगै अझ राम्रोसँग पुनर्निर्माण गर्नेछौँ र विश्वस्त हुन सकिन्छ कि सहकारी आन्दोलनले महामारीको उत्तरोत्तर विश्वमा समुदायलाई कसरी मद्दत पु¥याउन सक्छ भन्ने धेरै कथा देख्न सक्छौँ । स्वास्थ्य, कृषि उत्पादन, खुद्रा, वित्त, आवास, रोजगारी, शिक्षा, सामाजिक सेवा र अन्य क्षेत्रमा जहाँ सहकारी भेटिन्छन्, विश्वव्यापी एक अर्बभन्दा बढी सहकारी सदस्यले यो प्रमाणित गरिरहेछन् कि कसैलाई पनि सङ्कटको सामना गर्नु पर्दैन । सहकारी दिवसको उद्देश्य सहकारी संस्थाको चेतना बढाउनु र आन्दोलनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता, आर्थिक दक्षता, समानता, र विश्व शान्तिको विचारलाई बढावा दिनु हो । यो दिवसमार्फत स्थानीय, राष्ट्रिय र विश्वव्यापी नीति निर्माताहरू, नागरिक समाज, सङ्गठनहरू र सर्वसाधारण जनता सबैको न्यायका लागि भविष्यमा सहकारीको योगदानका बारेमा जान्न सक्छन् ।
नेपाल सहकारी केन्द्रीय महासङ्घ लिमिटेड कृषि सहकारीको छाता संस्था ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारीको बजारमा संलग्न रहेको देखिन्छ । यस क्षेत्रले ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दछ । जनता सहकारीमा बढी आकर्षित हुन्छन् किनकि प्रतिफल बढी हुन्छ र उनीहरूले ग्राहकको घरमा गएर उच्चस्तरको सेवा प्रदान गर्दछन् । ब्याजदर यति बढी छ कि यदि तपाईंले अन्य परियोजनामा ऋण लिनुभयो र लगानी गर्नुभयो भने तपाईंलाई प्रतिफल प्राप्त गर्न गाह्रो हुन्छ । यसले ब्याजका साथै ऋणमा विभिन्न प्रकारका शुल्क (ऋण शुल्क, सदस्यता शुल्क, आह्वान शुल्क, सङ्गठन विकास शुल्क, मूल्याङ्कन शुल्क, अन्य शुल्क) लिन्छ ।
सहकारीमा समस्या
नेपालमा सहकारीको विकास सन्तोषजनक छैन । कारण धेरै छन् । सहकारी आन्दोलनको सन्दर्भमा मिसन, राष्ट्रिय दृष्टिकोण र सरकारको पर्याप्त अनुगमनका बारेमा स्पष्टताको अभाव छ । व्यवस्थापकीय सीप र व्यावसायिकताको अभाव, योजना र कार्यान्वयन कार्यशील पुँजीको अभाव, उपयुक्त अनुसन्धान, सहकारी आन्दोलनका बारेमा विस्तार र शिक्षा क्रेडिटको कमीसमेत देखिन्छन् ।
सहकारी समुदायले गर्ने व्यवसाय हो । सेयर सदस्यहरू सहकारीको मालिक र ग्राहक दुवै हुन्छन् । सहकारीमा पुँजीको हैन, सदस्यको महत्त्व हुन्छ । सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ । संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारी स्थानीय व्यक्ति नै हुन्छन् । संस्थाले विनियमका साथै विभिन्न नीति नियम तयार गरी त्यसैका आधारमा संस्थाका कार्य सञ्चालन गरिएका हुन्छन् । संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा राखी बाँकी रकम आफ्ना सदस्यलाई नै ऋण लगानी गरिएको हुन्छ । संस्थापक र सञ्चालकको लगानी नाम मात्रको (अन्यन्त थोरै) हुन्छ । प्रजातान्त्रिक प्रणालीबाट चलेको तथा सहकारी भावना र सिद्धान्तबमोजिम अगाडि बढेको हुनपर्छ । संस्था सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ ।