• १८ असार २०८१, मङ्गलबार

सामूहिक बलात्कारको अभियोगमा चारजना पक्राउ

blog

काठमाडौं, जेठ ३१ गते । काठमाडौंको बौद्धमा २४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा लगेर तीनजनाले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले  जनाएको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गेस्ट हाउसका सञ्चालकसहित चार जनालाई आइतबार पक्राउ गरेको छ

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा छन् ।

पीडित किशोरीलाई आइतबार तीनजना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु उपर जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।