• २९ फागुन २०८२, शुक्रबार

लागुऔषधसहित एक्काइस जना पक्राउ

blog

काठमाडौँ,  फागुन २९ गते ।  देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । रासस