• १८ असार २०८१, मङ्गलबार

राजस्व छलीमा २०३ जनाविरुद्ध मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३१  गते । राजस्व अनुसन्धान विभागले पछिल्लो नौ महिनामा १० अर्ब ३० करोड रुपियाँ जरिवाना माग गरेर २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यी घटनामा जरिवानाको दोब्बरले हुन आउने २० अर्ब ६१ करोड रुपियाँ बिगो माग दाबी गरेर उच्च अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभएको छ । 

पौडेलका अनुसार सो अवधिमा विदेशी मुद्रा अपचलनको आरोपमा ४६ वटा मुद्दामा ७८ जनालाई प्रतिवादी बनाएर एक अर्ब १० करोड रुपियाँ बिगो रकम माग गरेर मुद्दा दायर भएको छ । 

यस्तै भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ६६८ वटा फर्म र सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४३ लाख रुपियाँ राजस्व सङ्कलन भएको पनि विभागले जनाएको छ ।  विभागले अनुगमन कार्यलाई प्राथमिकतासाथ अगाडि बढाइरहेको बताइएको छ ।