• १३ साउन २०८१, आइतबार

काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौं : नवनिर्वाचित प्रमुख साह

blog

तस्बिर : कबिन अधिकारी

काठमाडौं, जेठ १३ गते । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशा अनुरुप सहरको मुहार फेर्ने बताउनुभएको हो ।

“आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उहाँले भन्नुुभयो, “हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गर्ने धारणा रहेको छ । सम्पूर्ण नगरवासी, साथीभाई, परिवारजन, सधैँ हामी परिवार थियौं, सधैं परिवार नै रहनेछौं ।”

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट शहर बनाउने आशा रहेको भन्दै उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

सभागृहबाट सुरु भएको -याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।