• १३ साउन २०८१, आइतबार

राखेपमा गणेश थापाको ज्ञापनपत्र

blog

सदस्य सचिवलाई ज्ञापन पत्र बुझाउँदै गणेश थापा । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १२ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई बिहीबार राखेप पुगेर ज्ञापनपत्र बुझाउनुभएको छ ।

थापालाई आर्थिक भष्ट्राचार गरको आरोपमा २०७२ साल कार्तिकमा विश्व फुटबल महासंघ (फिफा) को १० बर्षे प्रतिबन्ध सहित २० हजार स्वीस फ्रयांक (करिव २१ लाख रुपियाँ) जरिवानाको कारबाहीमा गरेको थियो । कारबाहीमा परेका थापाले ज्ञापनपत्रमा एन्फाका बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्दोष आफुमाथि चरित्र हत्या गरेको भन्दै सत्यतथ्य छानविनको माग गर्नुभएको छ ।

उहाँले शेर्पाले आफुमाथि झुटा र काल्पिनक आरोप लगाएको दावी समेत गर्नुभएको छ । यद्यपी थापाले एन्फाको आसन्न निर्वाचनलाई प्रभावित बनाउन चलखेल गर्न थालेपछि हालै पनि फिफाले पत्रमार्फत थापालाई फुटबल गतिविधिबाट टाढै रहन सचेत गराएको छ ।