• १३ साउन २०८१, आइतबार

‘कमेडी हब सो’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते । कमेडी कलाकारले ‘कमेडी हब सो’ सुरु गर्ने हुनुभएको छ । केदार घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने उक्त कमेडी सो हब सोमा नाटक, प्रहसन, स्ट्यान्ड अप, प्यारोडी, हाँस्यकवितासहित हाँस्यका सबै विधा समेटिने निर्देशक घिमिरेले जानकारी दिनुभयो । 

माग्ने बुढासहित राजा राजेन्द्र पोखरेल सुवोध गौतम, हिमेश पन्त, दीपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दिलीप तामाङ ‘हुरहुर’, खड्गबहादुर पुन ‘खबपु’, प्रभात लामा, सङ्गम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, वेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा, दीपेश घिमिरेलगायतको नियमित प्रस्तुति रहनेछ ।