• ४ जेठ २०८१, शुक्रबार

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा काँग्रेस विजयी

blog

धनुषको गणेशमान चारनाथ नगरपालिकाको निर्वाचित प्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डे । तस्विर : विजयकुमार साह

ढल्केवर, जेठ ७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्रबार राति भएको मतगणनाको अन्तिम नतिजाअनुसार  प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डे निर्वाचित हुनुभएको छ । 

गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत पाउनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धि जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपप्रमुखमा नेपाली काँग्रे्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मत सहित विजयी हुनभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याउनु भएको छ । 



Author

विजयकुमार साह