• ४ जेठ २०८१, शुक्रबार

धनुषा हँसपुरको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

blog

धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुखमा निर्वाचित प्रदिपकुमार यादव र उपप्रमुख दुर्गा देवी । तस्विरः विजयकुमार साह

धनुषा, जेठ ७ गते । धनुषाको हँसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा प्रदिपकुमार यादव र उपप्रमुखमा दुर्गा देवी निर्वाचित हुनुभएको हो । 

प्रमुख यादवले चार हजार ४०१ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धि नेकपा (माओवादी केन्द्र)का सुनिलकुमार यादवले दुई हजार ९११ मत प्राप्त गर्नुभएको छ । नेकपा(एकिकृत समाजबादी) तर्फबाट उम्मेदवार बन्नुभएका निर्वतमान नगर प्रमुख रामज्ञान मण्डलले दुई हजार ८१५ मत प्राप्त गर्दै मत परिणमको तेस्रो स्थानमा हुनुभयो । 

यसैगरी उपप्रमुखमा निर्वाचित काँग्रेसकी दुर्गा देवीले चार हजार ४६५ मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्धी लोकतान्त्रिक समाजवादीकी दिपिका क्षेत्रीले दुई हजार ९०३ मत प्राप्त गर्नुभएको हो । 

हँसपुर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार राती मतगणना सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरेको छ । 

Author

विजयकुमार साह