• १३ साउन २०८१, आइतबार

असार १० मा सौगात र सलोनको 'घनचक्कर'

blog

काठमाडौं, जेठ ६ गते । सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म 'घनचक्कर' को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा आदि कलाकारको अभिनय रहेको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएकाे हाे । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र सङ्गम भट्टको लगानी छ ।

सुसन प्रजापतिले खिच्नुभएकाे फिल्ममा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको सङ्गीत र मित्र डि गुरुङको सम्पादन छ ।