• १३ साउन २०८१, आइतबार

ललितपुर महानगर प्रमुखमा फराकिलो मतसहित चिरीबाबुको अग्रता

blog

काठमाडौं, जेठ ३ गते। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन नौ हजार २१६ मतसहित अग्र स्थानमा हुनुहुन्छ। नेकपा (एमाले) का हरिकृष्ण महर्जनले चार हजार २९ मत ल्याउनुभएको छ। 

मतगणनास्थलबाट प्राप्त तथ्यांक अनुसार मंगलबार दिउँसो १६ हजार ५२० मतगणना हुँदा गठबन्धनतर्फका उपप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले तीन हजार ८१ मत प्राप्त गर्नुभएको छ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले चार हजार ४९७ मत प्राप्त गर्नुभयो। 

ललितपुर महानगरको वडा नं. १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, वडा २ मा नेकपा (एकीकृत समाजवादी) का राजेश महर्जन, ३ मा एसकै श्रीगोपाल महर्जन, ४ मा कांग्रेसका सन्तोष खड्का, ५ मा एमालेका सूर्य विकासमान श्रेष्ठ विजयी  हुनुभएको छ। 

यो तथ्यांक निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक घोषणा हुन बाँकी छ।