• १३ साउन २०८१, आइतबार

'लाइफ इन एलए'को नयाँ गीत सार्वजनिक

blog

काठमाडौं, जेठ ३ गते । फिल्म 'लाइफ इन एलए'को नयाँ गीत सार्वजनिक गरिएको छ । आर्यन पाठकको शब्द, सङ्गीत र स्वर रहेको गीतमा ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।

यस्तै, फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गर्नुभएको हो । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक फिल्मको मुख्य भूमिकामा हुनुहुन्छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माण पनि ब्यासले नै गर्नुभएको हो । फिल्मको निर्देशक वली एसोसियट र कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराठी हुनुहुन्छ ।

फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएकाे छ ।