• १३ साउन २०८१, आइतबार

इन्द्रावती गाउँपालिकामा एमालेका झम्कनाथ निर्वाचित

blog

इन्द्रावती गाउँपालिकामा निर्वाचित अध्यक्ष झम्कनाथ नेपाल र उपाध्यक्ष शोभाना तामाङ।

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ३ गते।
इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी हुनुभएको छ। 

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४६३ मत ल्याएर पराजित हुनुभएको छ। निर्वाचित नेपाल एमालेका निर्वतमान अध्यक्ष हुनुहुन्छ भने लामा कांग्रेसका पूर्वजिल्ला सभापति हुनुहुन्छ।

माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याउनु भएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग केही मतले पराजित हुनुभएका नेपाल यसपटक यही पदमा दोहोर्‍याउनु भएको थियो।