• ६ जेठ २०८१, आइतबार

सिमकोट गाउँपालिका २ को वडाध्यक्षमा काँग्रेसका बोहोरा विजयी

blog

सिमकोट गाउँपालिका–२ को वडाअध्यक्षमा विजयी नेपाली कांग्रेसका देबजंग बोहरा । तस्बिर : गोरखापत्र

राजन रावत

हुुम्ला जेठ १ गते । सिमकोट गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवजङ्ग बोहरा विजयी हुनुभएको छ । उहाँ गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचित हुनु भएको हो । 

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले सिमकोट गाउँपालिका २ को वडाअध्यक्षमा भण्डारी विजयी हुनुभएको बताउनुुभयो । उहाँले खसेको  ७६६ मतमध्ये ३७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरख विष्टले २७२ ल्याउनुभएको थियो ।

त्यसैगरी अन्य चार जना सदस्य पनि गठबन्धन दलबाटै निर्वाचित हुनुभएको छ । यसैबीच सिमकोट गाउँपालिकामा दुई वटा वडाको मत गणना कार्य सम्पन्न हुँदा गठबन्धन दलबाट अध्यक्ष पदका प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भण्डारी एक हजार ५१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ ।

उहाँलाई नेकपा एमालेका महेन्द्र शाहीले २२० मत ल्याएर पछ्याई रहनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी सुशिला भाम रोकायाले ८१५ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । उहाँलाई एमालेबाट उपाध्यक्ष पदकी प्रत्याशी प्रतिमा लामाले ३१८ मत ल्याएर पछ्याई रहनुभएको छ । अहिले वडा नम्बर ३ को मतगणना कार्य जारी छ ।