• ६ जेठ २०८१, आइतबार

खार्पुनाथ गाउँपालिकामा काँग्रेसका रावल विजयी

blog

खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलकातर्फबाट विजयी नेपाली कांग्रेसका कर्णबहादुर रावल । तस्बिर : गोरखापत्र

हुुम्ला समाचारदाता

हुुम्ला, जेठ १ गते ।  खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर रावल विजयी  हुनुभएको छ । उक्त गाउँपालिकाका सबै निर्वाचित पदमा गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको हो । 

सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीका अनुुसार गठबन्धन दलका उम्मेदवार रावल अध्यक्ष पदमा विजयी  हुनुभएको छ । उहाँले एक हजार ८१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटमत प्रतिद्वन्द्वी एमालेका प्रकाश बहादुर शाहीले एक हजार १९५ मत ल्याउनुभएको थियो । 

यसैगरी उपाध्यक्ष पदमा गठबन्धन दलकबाट नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजावदीका शक्ति सिंह ऐडीले ८६३ मत ल्याउनुभएको थियो । अध्यक्ष पदमा निर्वाचित रावलको यो दोस्रो कार्यकाल हो । 

ययसैगरी खार्पुनाथ गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका चन्द्र रावल, ३ मा नेकपा माओवादी केन्द्रका च्यागा बोहरा र ५ नम्बरमा नेपाली काँग्रेसका भरतजङ्ग शाही केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । उहाँहरु तीनै जना प्यानल सहित विजयी हुनुभएको हो । रावल २६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिद्वन्द्वी एमालेका हीरानन्द बुढाले १७९ मत ल्याउनु भएको छ । 

वडा नम्बर ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बोहराले २७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी एमालेका तारा रावल हुनुहुन्थ्यो । निर्वाचन अधिकृतको कार्यालयले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । खार्पुनाथ हुम्लाको स्थानीय तह निर्वाचनको सबै पदको मत परिणाम आउने पहिलो गाउँपालिका भएको छ ।