• १४ जेठ २०८१, सोमबार

नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

blog

नौमुले गाउँपालिका अध्यक्षमा विजयी माओबादी केन्द्रका छविराम सुवेदी । तस्बिर : कमल शर्मा

दैलेख, जेठ १ गते । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २००  मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याउनु भएको छ ।  यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८ सय ३४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गर्नुभएको थियो । 

२०७४ सालको भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका भदेबुढामगर विजयी हुँदा छवि सुवेदी तेस्रो स्थानमा हुनुन्थ्यो । पुन भदे बुढामगरलाई पराजीत गर्दै उहाँ बिजयी हुुनुभएको छ । नौमुले गाउँपालिकामा माओबादी र एकिकृत समाजबादी पार्टिको गठबन्धन भएको थियो ।