• ११ असोज २०८१, शुक्रबार

यु–२० एसियन कप छनोट : दोस्रो खेलमा नेपाल विजयी

blog

यु–२० नेपाली टोली ।

काठमाडौँ, असोज ७ गते । नेपाल एफसी यु–२० एसियन कप छनोटको दोस्रो खेलमा विजयी भएको छ । 

सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ गोलले पराजित गरेको हो । नेपालको जितमा समिर तामाङले ह्याट्रिक गर्नुभयो । 

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क बनाएको छ । यसअघि पहिलो खेलमा नेपाल कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।