• ११ असोज २०८१, शुक्रबार

पलेशालाई काठमाडौँ तेक्वान्दोको सम्मान

blog

सम्मान पछि पलेशा गोवर्धनलगायत । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, असोज २ गते । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

पलेशालाई एक लाख ३८ हजार रुपियाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका सचिव गौरव रजकले जानकारी दिनुभयो । 

प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार रुपियाँसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित हुनुभयो । 

बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्यामबरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रूपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीलगायतले सम्मान गर्नुभयो । 

सोही अवसरमा सिद्धार्थ वनस्थली इन्टिच्युतले पनि पलेशालाई ५० हजार रुपियाँसहित सम्मान गरेको छ । बुधबारै नै पलेशा र प्रशिक्षक नेगीलाई काठमाडौँ महानगरपालिका वडा नं. ८ ले पनि पलेशा र प्रशिक्षक नेगीलाई जनही ५१ हजार रुपियाँबाट सम्मान गरेको छ ।