• १४ असार २०८१, शुक्रबार

इन्टरको उपाधि दौड कायम

blog

इम्पोलीविरुद्ध गोल गरेपछि इन्टरका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २४ गते । इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा इन्टरले इम्पोलीलाई ४–२ गोलले हरायो ।

सानदार पूनरागमन जित निकालेको इन्टरको जितमा लौटारो मार्टिनेजले दुई तथा एलेक्सिस साञ्चेजले एक गोल गर्नुभयो । इन्टरले अर्को गोल इम्पोलीबाट उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल सान्त्वना बन्यो । 

पाहुना टोली इम्पोलीले पाँचौँ मिनेटमै खाता खोलेको थियो । एन्ड्रिया पिनामोन्टीले गोल गर्दै इम्पोलीको उत्साह जगाउनुभयो । २८औँ मिनेटमा क्रिस्टजन एस्लानीले गोल गर्दै इम्पोलीको अग्रता दोब्बर बनाउनुभयो । पाहुना टोलीको लगातार दुई गोलपछि जोसिएको इन्टरले ४०औँ मिनेटमा आत्मघाती गोल पहिलो गोल उपहार पाएको थियो ।

बल बचाउने क्रममा सिमोन रोमागनोलीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि ४५औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै खेललाई पहिलो हाफमै बराबरीमा ल्याउनुभयो । ६४औँ मिनेटमा मार्टिनेजले ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई अग्रता दिलाउनुभयो ।

इन्जुरी समयमा एलेक्सिस साञ्चेजले गोल गर्दै इन्टरलाई सानदार पूनरागमन जित दिलाउनुभयो । जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरको ३६ खेलबाट ७८ अंक बनाएको छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक सहित दोस्रो स्थानमाछ । पराजित इम्पोली ३७ अंक सहित १४औँ स्थानमा छ । अर्को खेलमा जेनोआले युभेन्ट्सलाई २–१ गोलले पराजित गरेको छ । एजेन्सी