• ९ मंसिर २०८१, आइतबार

भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं,  साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ ।

शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

प्रधानमन्त्री ओलीसमक्ष  नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।