• १२ असोज २०८१, शनिबार

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

blog

भिल्लारियललाई हराएपछि खुशी मनाउँदै लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २१ गते । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले हरायो । लिभरपुलले समग्रमा ५–२ गोलको जित निकाल्यो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो । दोस्रो लेगमा लिभरपुलले पूनरागमन जित हात पारेको हो । लिभरपुलको जितमा फाविन्हो, लुइस डियाज र साडियो मानेले गोल गर्नुभयो । भिल्लारियलका बोउलाय डिया र फ्रान्सिस कोक्विलिनको सुरुवाती गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमै बोउलाय डियाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाउनुभयो । ४१औँ मिनेटमा फ्रान्सिस कोक्विलिनले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाउनुभयो । तर दोस्रो हाफमा लिभरपुलले सानदार प्रदर्शन गरेको थियो । ६२औँ मिनेटमा फाविन्होले मोहम्मद सलाहको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउनुभयो ।

६७औं मिनेटमा परिवर्तित लुयस डियाजले गोल गर्दै खेललाई बराबरीमा ल्याउउनुभयो । ७४औँ मिनेटमा साडियो मानेले नावी केइटाको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाउनुभयो । ८६औँ मिनेटमा घरेलु टोलीका इटिने कापोइ दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो ।

अब लिभरपुलले उपाधिका लागि लिभरपुलले स्पेनिस महारथि रियल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग मे २९ तारिख खेल्नेछ । रियल र सिटीको दोस्रो लेग आज राति हुनेछ । पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको छ । एजेन्सी