• ६ जेठ २०८१, आइतबार

रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित

blog

महिला सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएकी चौरजहारी नगरपालिका वडा नम्वर ८ की रश्मी बिक सार्की । तस्बिर - राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, वैशाख १७ गते । रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनको लागि मनोनयन फिर्ता लिने क्रममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यसैगरी आठबिसकोट नगरपालिका वडा नम्वर २ को दलित महिला सदस्यमा जुन कुमारी बिक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै आठबिसकोट नगरपालिका वडा नम्वर ८ का शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्य पदका लागि उहाँको मात्र उम्मेदवारी दाखिला भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

एक जनाको मात्र मनोनयन पत्र पत्र दाखिला भएकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । तीनै जना महिला सदस्यहरु नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको हो ।

स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।