• १७ असार २०८१, सोमबार

रुपन्देहीको देवदहमा प्रमुख–उपप्रमुखमा काँग्रेस–माओवादीबीच सहमति

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैैसाख १५ गते । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेलमा सहमति भएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार तालमेल भएको हो । 

दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुसार गठबन्धन गरेर जाने सहमति भएको काँग्रेस नगर सभापति  रहनुभएका प्रमुम पदका उम्मेदवार हीराबहादुर खत्रीले बताउनुभयो । 

यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए । ताजा सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा  खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । 

हामीले गठबन्धनबीच सहमतिको वातावरण बनाएका थियौं, केन्द्रबाट आएको सर्कुलरले पनि यसमा सहयोग नै ग¥यो’ –उहाँले भन्नुभयो ।

प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसँगै देवदहमा गठबन्धन कायम भएपछि देवदह नगरमा दुवै दलका उम्मेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । 

सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठडराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिने र  काँग्रेसका महासमिति सदस्य रहनुभएकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुनेछ ।

नगरमा रहेका १२ वटा वडामा भने गठबन्धन दलबीचमै मैत्रीपूर्ण प्रतिस्पर्धा हुने केसीले बताउनुभयो ।