• १३ असोज २०८१, आइतबार

आठ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख १४ गते । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार ७७२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।