• ९ जेठ २०८१, बुधबार

साहित्य देशको मुटु हो

blog

सुकृत नेपाल

काठमाडौं, वैशाख १४ गते । विगत २३ वर्षदेखि अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाललाई गीतसङ्गीत, कविता, कथा, गजललगायतका विभिन्न साहित्यिक लेखनमा रुचि छ । कोरानाका कारण आफ्नो देश नेपाल आउन नपाउनुभएका गदाल अहिले चार वर्षको अन्तरालपछि नेपाल आउनुभएको छ । 

पूर्वको इलाम जिल्लाको फिक्कलमा जन्मिनुभएका गदालले नेपाली भाषा सहित्यमा अतुलनीय योगदान गर्नुभएको छ । प्रवासमा बसेर आफूले नेपाली भाषा साहित्यको सेवामा काम गरिरहेको र यहाँ मूलधारका भाषा साहित्यिक संस्थासँग एउटा बहस गर्ने चाहनाले नेपालमा आफू केन्द्रित भएको गदाल सुनाउनुहुन्छ । गदाल अहिले केही पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ । सन् २०१० देखि २०१२ सम्म उहाँले एनआरएनसँग मिलेर धेरै कार्यक्रम पनि सम्पन्न गरिसक्नुभएको छ । उहाँहरूले प्रवासमा रहेर नेपाली भाषा साहित्यका क्षेत्रमा धेरै काम गरिरहनुभएको छ । 

गदालको रुचि गीत लेखनमा हो । उहाँको २०४० सालमा पहिलो गीत निस्किएको थियो । योभन्दा अघि ‘मलाई छुने मन’ र ‘झरीपछिको आकाश’ गीतिसङ्ग्रह निस्किएका थिए । उहाँका सयभन्दा बढी गीत निस्किसकेका छन् । ‘यौवन आँखीझ्यालैमा’, ‘ज्ञानेन्द्रका आधुनिक गीतहरू’, ‘सम्झनाको छालहरू’ उहाँले सन् २०१३ मा मुम्बईमा रेकर्ड गर्नुभएको थियो । 

गदाल भन्नुहुन्छ, “पहिलाको तुलनामा रियालिटी सोहरूले गर्दा पनि अहिले साङ्गीतिक क्षेत्र निकै चलायमान भएको छ ।” पहिला रेडियो नेपाल र रेकर्डिङ स्टुडियो मात्र थियो । नेपाल टेलिभिजन पनि पछि खुलेको हो । यसले जति कलाकार उत्पादन ग¥यो त्यो नै यस क्षेत्रको विकास हो ।

यतिबेला मानिस आफू कसरी अगाडि बढ्ने भन्ने मात्र छन् भने पहिला गीतसङ्गीतको क्षेत्रमा लागेका मानिसलाई जीवन धान्नै गाह्रो हुन्थ्यो । अहिले त्यो अवस्था छैन । अहिले विभिन्न माध्यमले गर्दा पछिल्लो पुस्ताका कलाकारलाई सहज भएको छ । जीवन धान्न सक्ने अवस्था छ । 

राज्यले यसलाई अझ राम्रोसँग अघि बढाउने हो भने गीतसङ्गीतले अन्तर्राष्ट्रिय क्षेत्रमा अझ गतिलो प्रभाव पार्न सक्ने गदालको भनाइ छ । “मान्छे जब मरुभूमिमा पुग्छ उसलाई पानीको महŒव थाहा हुन्छ । जब हामीले पानीको महत्त्व बुझ्न थाल्यौँ हामी आफ्नो बथान खोज्दै भाषा साहित्यका कार्यक्रम गर्न थाल्यौँ । यिनै सहयोगी हातले गर्दा आज यहाँसम्म आइपुग्न सहयोग मिलेको छ,” उहाँले सुनाउनुभयो । 

सन् १९९८ मा अमेरिका जानुभएका गदाल त्यतिबेला नेपालमा वन मन्त्रालयमा जागिरे हुनुहुन्थ्यो । उहाँँले अमेरिकामा पनि सहित्यका क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने सोच बनाउनुभयो । अमेरिकामा रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा १० वर्ष काम गर्नुभएपछि उहाँ त्यहाँको केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ त्यस संस्थाबाट आफ्नो दुईवर्षे कार्यकाल पूरा गरी बाहिरिनुभएको थियो । यसपछि उहाँले आफ्नै नयाँ काम गर्ने सोच बनाउनुभयो । 

सन् २०१८ मा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा उहाँले सहभागिता पनि जनाउनुभयो । त्यहाँ विभिन्न देशका साहित्य सर्जकसँग भेट भयो । उहाँ भन्नुहुन्छ, “साहित्य देशको मुटु हो जसले गर्दा साहित्य र सङ्गीतबीच भाइचाराको सम्बन्ध कायम भयो ।”  त्यसपछि अमेरिकामा त्यहाँको सिस्टमसँग बसेर काम गर्न थाल्नुभयो । त्यो समयमा समूहमा भारत, भुटान, अमेरिका, नेपाल र बङ्गलादेश पाँचवटा देश थिए । पाँचवटा देशलाई समावेश गरियो । वर्षमा एउटा स्मारिका निकाल्ने काम भयो । संस्थाको सन् १९१९ मा पहिलो अधिवेशन बङ्गलादेशमा सम्पन्न भयो । 

राइटर्स इन्टरनेसनल, अमेरिकाका अध्यक्षसमेत रहनुभएका गदाल भन्नुहुन्छ, “हामीले कविता सबै भाषामा निकालेका छौँ । नेपालमा बाहिरी अन्तर्राष्ट्रिय संस्थाको साहित्यलाई समावेश गर्न गाह्रो हुने हुँदा हामीले नेपालमा लेखक संसार, नेपाल नाम गरेको संस्था दर्ता ग-यौँ ।” अहिले त्यसको अध्यक्षका रूपमा उपमा आचार्य हुनुहुन्छ । “हामीले हालै मात्र लेखक संसार, नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रम ग-यौँ । हामीले यसपटक तीनवटा संस्थालाई पुरस्कृत पनि ग-यौँ । जसले नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान गर्दै आइरहेका छन्,” 

गदाल भन्नुहुन्छ, “विदेशमा बस्ने नेपालीले नेपाली कला साहित्यबारे थाहा पाऊन् भन्ने हेतुले पनि यस्तो कार्यक्रम यहाँ आवश्यक छ । हामी यही क्षेत्रमा निरन्तर भाषा साहित्यको प्रवद्र्धन गर्न लागिपरेका छौँ ।”