गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ९ गते । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । भदौ ६ देखि ९ गतेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार नौंसय १६ पिन्ट रगत संकलन गरिएको हो ।
दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा काठमाडौं उपत्यका लगायत १५ जिल्लामा रत्तmदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालमा बिरामीहरुका लागि रगतको अभाव भइरहेका बेला ब्रम्हाकुमारीले बृहत अभियान सञ्चालन गरेर रगत संकलन गरेको सेवा केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी चार हजार चारसय ४५ पिन्ट रगत संकलन भएको छ । त्यस्तै विराटनगरमा दुई हजार आठसय ३० पिन्ट, नारायणगढमा ९७० पिन्ट, पोखरामा ५६४ पिन्ट, नेपालगञ्जमा ५६२ पिन्ट रगत संकलन गरिएको छ ।
त्यस्तै, बुटवलमा ५५३ पिन्ट, वीरगञ्जमा ५४२ पिन्ट, जनकपुरमा ३५४ पिन्ट, दाङमा २८३ पिन्ट सगत संकलन गरिएको केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले जानकारी दिनुभएको छ ।