• ९ भदौ २०८२, सोमबार

दिदीबहिनी विशेष

सम्झना बिर्सना सललल...

blog

हामी सानो छँदा घरभन्दा अलि तलको पाखुरी चोकमा कृष्णाष्टमीको अघिल्लो दिनदेखि नै गीत गाउन थाल्थेँ । गीतको आवाज हाम्रो घरसम्मै ठोकिन आइपुग्थ्यो । आमाले ‘पढ्ने मान्छेले गीत गाउने, नाच्ने र गाएको ठाउँमा जान हुँदैन, पढाइ बिग्रिन्छ’ भनेर कहिल्यै जान दिनुभएन । दुरडाँडा जस्तो शिक्षाको उद्गम स्थलमा जन्मिएर पनि आफूले पढ्न नसकेको भर्पाई आमाले हामीसँग गराउँदै हुनुहुन्थ्यो सायद । कहिले काहीँ आमाको आँखा छलेर गीत गाएको देख्नेबाहेक हामी यस मामलामा अनविज्ञ बन्यौँ । ठुली फुपूको घर देवनगर हाम्रो घरबाट नजिकै थियो । हामी लिन जान्थ्यौँ । तिजमा छोरीहरू आउँछन् भनेर अष्टमीमा आउनुहुन्थ्यो । हाम्रोमा अष्टमी र तिजमा गरी दुई पटक दर खाने चलन थियो । यता भनौँ गोरखातिर दर एक दिन मात्रै खाने चलन रहेछ । भलै अहिले लम्बिएर महिना दिन पुगेको किन नहोस् !

तिजको दिन गीतानगर बजारमा जान्थ्यौँ । गीत गाउनेहरू प्रशस्तै हुन्थे । हामी हेर्ने मात्रै । बजारदेखि अलिक पर ठुलो काब्रोको रुख थियो । कहाँको पाल कहाँको टेन्ट रुखको प्राकृतिक शीतलतामा मस्त चल्थ्यो नाच र गीत । तिजमा भोकै बस्नु पर्छ भनेर आमा हजुरआमाले कहिल्यै भनेको सुनिनँ । राति खाएको दरले छोड्दै गएपछि भोक लाग्थ्यो । भोक जाग्दै गएपछि गोडा यसै घरतर्फ लाग्थे । न साथमा दिदीबहिनी गएको थाहा भयो । न त आमा नै कहिल्यै सँगै भएको थाहा भयो । यसैले पनि होला तिजमा दिदीबहिनी वा आमासँगै हुनु पर्छ भन्ने भाव उठ्दै नउठेको ।  

“सबै थोकको वर माग्छु समिराजै 

सौताने वर माग्दिन होई”

 बाल्यकालमा हजुरआमाले भनेको यो गीत र व्याख्या मेरो मानसपटलमा अमिट बनेर बसेको छ । एक जना महिला व्रत बसेर आफ्ना श्रीमान्लाई ढोग्न पुग्छिन् । श्रीमान्ले के वर माग्छौ माग भन्दा उनले भनेको रे माथिको पङ्क्ति । श्रीमान् दङ्ग परेर भनेरे मैले त अर्की श्रीमती विवाह गर्ने कुरा त कहिल्यै सोचेको थिइनँ । तिमीले सम्झाई दियौ भनेर अर्को विवाह गरेका थिए रे । श्रीमान् श्रीमतीको सम्बन्ध भनेको विश्वास हो । जब एउटा पक्ष शङ्कालु बन्छ कति कमजोर बन्दो रहेछ सम्बन्ध भन्ने ज्ञान दिन्थ्यो यो गीतले ।

बिहान उठेर पानी लिन जाँदा 

अँधेरी खोलाले छेक्यो बरिलै

त्यो समयको पानीको अभाव र महिलाका दुःखका कथा बोल्थ्यो । 

२०३८ साल भदौको महिना

नमिता र सुनिताको गर्छु बयान

काठमाडौँबाट पोखरा घुम्न गएका दुई युवतीको हत्यालाई लिएर पनि विभिन्न थरीका तिज गीत गाइन्थे । 

तर अहिले धनी र गरिबको खाडल बढ्दै गएर मौलिक गीतभन्दा भिडियो रेकर्ड गरिएका तिज गीत धेरै प्रिय बन्न थाले । फलस्वरूप मौलिकता हराउँदै गयो । दुःख बिसाउने चौतारी रमाइलो गर्ने थलो बन्न पुग्यो । हामी पनि नाच्न पर्छ बिच्च बिच्चमा जस्ता गीतलाई उर्बौला गीत भनेको । अहिले त भौमान राँगाले जस्तो माया गर न भनेको पो सुन्छु त । केटा मान्छे पनि आफ्नै माइती त हुन् भन्ने नलागेको कहाँ हो र ? तर नाचको बान्की गीतको टुव्रmाले त्यसो भन्दैन । यस्तो अवस्थामा तिजको मूल्य र महìवमा ह्रास आउने हो कि ? भन्ने शङ्का उब्जन्थ्यो तर जब जब तिज नजिकिन्छ नयाँ नयाँ गीत निस्किन्छन् । दर र तडभडकले मेलो मेसो पाउँदैन । कतिबेला अत्यन्तै खुसी हुन्छु अब महिलाका दुःखका दिन सकिए !

एक वर्ष तिजमा दिदी अस्टे«लियाबाट नेपाल आउनुभएको थियो । म पनि जाने भए । घरमा अमाजू भान्जाभान्जी सबैलाई दर खुवाएर चितवन याने कि म पनि माइत हिँडेकी । तिजको दिन रातो साडीमा माइव्रmो बसमा म मात्रै केटी मान्छे थिए । यहाँ एक जाना बाले दुःख पोखे, “यो दिदी बहिनीको जातलाई सधैँ पालिरहनु पर्ने ! चाडवार्ड धान्नै गाह्रो भयो । तिनका छोरानाति पनातिसमेतलाई दान दक्षिणा गरिरहनु पर्ने !” बाका पनि दुःख रहेछन् । दाजुभाइका पनि आवाज हुन् यी । मेरो चित्तको पित्त पिलित्त प¥यो र बग्न थाल्यो आँखाको डिल हुँदै । यसै पनि घरमा काम गरेर मिठो खाने बेलामा माइत जाने चलनप्रति मेरो असहमति छ । त्यसैमाथि व्रत बस्ने दिनमा माइत हिँडेकी छु । त्यही पनि ती बाले मेरो मनमा घाउ बनाएर गए । 

२०६३ सालमा भएको माओवादी द्वन्द्वको अन्त्यपछि गोरखा पर्यटनले नेपाली कला संस्कृतिको जगेर्नाका लागि भनेर तिज विशेष कार्यव्रmम गर्ने भयो । स्त्री शक्ति जनशक्ति, मातृशक्ति राष्ट्रभक्तिको मन्त्र उसले अघिसारेको रहेछ । नारा सुन्दर थियो । त्यसमा म पनि जोडिएँ । कार्यव्रmम भव्य गरेर देशको मात्रै होइन विदेशमा पनि हाम्रो संस्कृति चिनाउने । त्यसका लागि एयरपोर्टमा गएर यात्रुरूलाई चुराटीका जस्ता सौभाग्यका चिज बाँड्ने । ठमेलदेखि सिँगारिएको हात्ती, पञ्चैबाजा, पञ्चकन्या, झाँकीसहित विभिन्न समूहका दिदीबहिनीको लावालस्कर वसन्तपुरमा गएर तिज पुस्तकको विमोचन गर्दै भव्य कार्यव्रmम गर्ने । संस्थाका अध्यक्ष पुष्प थपलिया दाजुले कार्यव्रmमको रूपरेखा बताइरहँदा मभित्र मर्दै गएको म जाग्रित हुँदै थियो । विवाह गरेर घरभित्र मात्रै बसेको ठ्याक्कै दस वर्ष भएको थियो । 

म यहाँ विस्मृतिमा हराउन पटक्कै चाहन्न । चाहन्छु त कार्यव्रmमको कार्यन्वयन पक्षतिर । कार्यव्रmम गर्न पैसा चाहिन्छ । मान्छे त यसै आउँछन् । हात्ती कसरी यसै आउँथ्यो र ? बाजागाजा र पुस्तक छापिन सबै सबैलाई पैसा चाहिन्थ्यो । यसका लागि दिदीहरूसँगै म पनि विज्ञापन खोज्न हिँड्न थाले । टोलको आफैँ अध्यक्ष भएको भृकुटीमहिला समूहका दिदीबहिनीलाई गीत गाउन तयार गर्न थाले । नयाँ बस्ती, नयाँ जोशीला साथीहरू । दस बजेदेखि चार बजेसम्म मेरो छुट्टी याने कि छोरीलाई स्कुल पु¥याएर उनको छुट्टी नहुँदासम्म । त्यति बेलाको मेरो दैनिकी अफिसियल नै बनेको थियो । साँझ घरधन्दा सकिएपछि गीत गाउने समुहमा हाजिर । गीत गाउन नाच्न फिटिक्कै नजान्ने म नाच गानमा सरिक हुन थालेँ । त्यति मात्रै कहाँ हो र तिज गीत नै लेख्ने भएँ । 

भाइ मेरो अल्लारे त, बुहारी झन् केटकेटी रोगी आमा बस्दिहुन् मेरै बाटो कुरी । (टोलमा गाउनलाई) देशको मुहार फेर्नलाई जनता अघि बढेका

नयाँ नेपाल निर्माण गर्न कम्मर कसेका छोरीको स्कुलमा गएर बच्चाहरू तयार गरिदिनु हुन्छ ? भनेको उहाँहरूले मेरो प्रस्ताव सहस्र स्वीकार गर्नुभयो । मेरातर्फबाट बच्चाको नाच र आमाहरूको गीत हुने भयो । दरखाने दिनमा एयरपोर्टमा कार्यव्रmम थियो । निम्तो त अन्तिमसम्म पनि बाँकी नै थिए । घरमा आएर पकाउनुथियो । भोलिका लागि समूहमा अन्तिम तयारी थियो । तिजको दिन सखारै नुहाइधुवाइ गरेर लागियो ठमेलतिर । मज्जा आयो हात्तीको, बाजागाजासहित रङ्गीन दिदीबहिनीहरूको रिक्साको सवारीले कुनै राजसी ठाँटभन्दा कम कहाँ देखिएको थियो र । हिजोअस्तिका थकान त कता भागे कता । वसन्तपुरको महादेव स्थानकै अगाडि भव्य व्यवस्थापनसहित कर्यव्रmम भयो । कोमल वलीदेखिका कलाकारसँग नाचियो । केटाकेटी नाचे, महिला समूहहरू पालै पालो आफ्नो प्रस्तुति दिए । वसन्तपुर डबली मात्रै होइन, मन्दिरका सिँढीहरू सप्पै रङ्गीन भएर झुमिरहेको थियो । आफ्ना टोलका, छिमेकी टोलका, आफन्त सबै सबै त्यहीँ थिएँ । वसन्तपुर नै आफ्नो जस्तो भएको थियो । केही समय त्यसको खर्च व्यवस्थापनका लागि हिँडियो । कति खर्च लाग्यो ? कति आम्दानी भयो थाहा भएन । अर्को वर्ष पनि फेरि तिज आउने भयो, “अघिल्लो वर्ष खर्च धानेन पैसा उठाएर दर खुवाऊ !” पुष्पदाजुका प्रस्थाव स्वीकृत भयो । घर घरमा दर कार्यव्रmम गर्नभन्दा सामूहिक जम्मा हँुदा समय र पैसाको बचत हुने भयो भन्ने लाग्यो । प्रज्ञा प्रतिष्ठानको पछाडि हजारौँले दर खाए । दिदीबहिनी खुसी नै भए हुन । आफू चाहिँ आमाले पञ्चमीपूजा गर्न लगाउने । पञ्चमीको बिहान गरिने कर्म मन नपरेर दर खान नै घर नजाने । राम्रो श्रीमान् पाउन तिजको व्रत बस्नु पर्छ नभन्ने मेरी आमालाई पञ्चमीको के पापा गरेका थियौ र हामीले पञ्चमीको पूजा गरेर चोख्याउन चाहिँ असाध्यै मन लागेको । विवाह अगाडि तिजमा घर नजाने भएकाले होला विवाहपछि पनि तिजमा घर (माइत) जानै मन नलाग्ने भयो । फेरि सधैँ घरमा काम गर्ने, मिठो चोखो खाने बेलामा माइत जाने यो चलनप्रति मेरो विमती पनि हो तर दिदीबहिनीहरूको दर खाने कुराप्रति अत्याधिक आसक्ति देखेर चाहिँ म अचम्मित हुन्थेँ र अझै हुन्छु । मेरी हजुरआमा भन्ने गर्नु हुन्थ्यो, “परका आए भने घरकाले पनि मिठो खान 

पाइन्छ !” भनेर हिजो पो सधैँ मिठो खान पुग्थेन त ! आज त खाना धेरै भएर÷ खान नजानेर मान्छे रोगी भइरहेको समय छ ? बुझउन डाक्टरले त सकेका छैनन्, मैले कसरी सक्नु । 

यसो तिजको कार्यव्रmम गर्ने भन्यो, झरिझुट गहना लगाएर दिदीबहिनी आउने । क्यामरा आको छैन ? टिभी आउँदैन भन्ने ? म त अवाक भएँ । समाज एकातिर आधुनिकतातर्फ बढ्दै छ अर्कोतर्फ तडकभडक र देखावटीतिर । बाबुआमाको तडकभडकको सिकार केटाकेटी हँुदै थिए । दिन प्रतिदिन केटाकेटी हराउने र अपहरणमा परेका घटना सार्वजनिक भइरहेका थिए । तिजको दर खाने र खुवाउनेको प्रतिस्पर्धा नै चल्न थाल्यो । अर्को वर्ष त भएन । यस्तो तडकभडकलाई कम गर्नु पर्छ । गहनारहित तिज मनाउनु प¥यो भनेर आफ्नै टोलमा अवस्थित गौरीशङ्कर मन्दिरमा तिज गीत प्रतियोगिता गर्ने भन्ने सोच बनाएँ । समूहमा छलफल भयो । सहमति बन्यो । तिजको दिनमा त वसन्तपुरमा हुन्छ । कृष्णअष्टमीको दिनमा आफ्नै वनस्थलीस्थित भृकुटीटोलमा गर्ने गरी कार्यव्रmम बन्दै र बनाउँदै गयौ । आफूले मात्रै नभ्याउने भएपछि केटाकेटीको क्लब खोलेर उनीहरूको पनि सहयोगमा काम अगाडि बढ्यो । 

गोरखा पर्यटनको यथावत् छ । यता पनि पर्यटन बोर्डसँग पनि सहकार्य गरियो । पत्रकार सम्मेलन गरियो । आधुनिकता परम्पराको फ्युजनका कुरा भए । राष्ट्रिय पत्रिकाहरूमा समाचार आए । राष्ट्रिय कलाकार कोमल वली कार्यव्रmममा आउने भइन् । प्रतियोगितामा समावेश हुनका लागि सबै समूहहरूमा पत्राचार भयो । सर्त राखियो गहना नलगाई सहभागी हुने । चेतनामूलक गीत गाउने । टोल टोलमा गीतको अभ्यास हुँदै गरेको थाहा भयो । हुँदा हुँदा प्रतियोगिता सुरु हुनु अगावै हाम्रो समूह प्रथम हुनु पर्छ भनेर दिदीबहिनीहरू नै मसँग सिँगौरी खेल्न थाले । म जिल्ल परेँ । कुनै सामाजिक कार्यव्रmममा गएर “धेरै गहना लगाएर नहिँडौँ ! शौभाग्यको नाममा चुराटीका नबाँडौँ ती नेपालका उत्पादन हैनन् । परिवारको बजेट मात्रै होइन, देशकै व्यापार घाटालाई किन प्रस्रय गर्ने । म चाहिँ दिन्नँ र लिन्नँ ! दरलाई धेरै लामो नबनाऊ” भनेर तल झ¥यो । च्यप्प हात समातेर दिदीबहिनी नै भन्न थाले “हामी मामाघर पनि दरखान नजाने ? बल्ल बल्ल बनाएको गहना किन नलगाउने ? तपाईंले नसके नदिए भैगो नि ?” म हाँस्दै भन्थेँ, मामाघर र आमाघर त जाने तर भान्जीको घर, सम्धिनीको घर, बुहारीको माइत देखी सासूको माइतसम्म नपुग्ने क्या ! तपाईंको गहना त तपाईंकै शिक्षा हो नि । यीबाहिर लगाएका आभूषणले हाम्रा आफ्नै सन्तान असुरक्षित हुन्छन् भने किन लगाउनु त हैन र ? आफैँले रोजेर ल्याएका वस्तु त हामीलाई मन पर्दैन । अरूले दिएका चिज मन पर्ला त ? तपाईंले मन नपराउँदा या तपाईंलाई ठिक्क नपर्दा त्यसको लगानी फिर्ता हुन्छ र ?” भनेर भन्दै गर्दा मेरो हात समाइरहेका उहाँहरूका हात छुट्दै जान्थे ।

२०६५ साल कृष्ण अष्टमीको दिनमा मन्दिर प्राङ्गढमा विशाल मञ्च तयार भएको थियो । भवन बनाउनका लागि अघिल्लै वर्ष शिलान्यास गरे पनि बनेको थिएन । कार्यव्रmम गर्नका ठाउँ गजब भयो । कार्यव्रmम सुरु भयो । पक्का आउने भनेर वचन दिएकी कोमल वलीको न फोन उठ्छ न सम्पर्क नै हुन्छ । झुट बोले जस्तो हुने भयो भनेर छटपटी भएको छ । मुख्य सचिव माधवप्रसाद घिमिरे र पर्यटन बोर्डका निर्देशकसहित केही शुभकामना मन्तव्य राखेर कार्यव्रmमको सुरुवात भयो । बच्चाहरूले स्वागत गीत गाएर नाचेँ । आमा समूह समूहका गीत र नाच चले । कान्तिपुरका फोटो पत्रकारले भिडियो खिचिरहेका थिए । कार्यव्रmमको समापन हुने बेला भयो तर कोमल वली आइनन् । पछि राजाराम थापा भाइले भन्नुभयो भाउजू फोन हाराएकाले कसैसँग सम्पर्क गर्न नसकेको रे । अनि सम्पर्क नभए पछि ठाउँ पत्ता लगाउन सकिनँ । यसैलै आउन नसकेकी रे भनेर । खै कोमल वलीको यो सन्देशले हो या कार्यव्रmम सकिएकाले हो मैले राहात महसुस गरे । यता हाम्रो समूहका दिदी बहिनी चाहिँ प्रतियोगितामा सहभागी हुन नपाएकोमा दुःखमनाउ गर्दै हुनुन्थ्यो । कोही साथी काम गरे अनुसारको सम्मान नपाएर खुन्सिनु भयो ।

म थकित शरीरलाई कुर्सीमा बसाएँ मात्रै हेरिरहेँ, र मक्ख परिहेँ । यत्रो कार्यव्रmमा आएकामध्ये दुई जना दिदीबहिनीले मात्रै छड्के तिलहरी लगाएर आउनुभएको रहेछ । त्यो पनि कोखाभित्र नदेखिने गरी राख्नुभएको । सही समाचारको प्रभाव कति प्रभावकारी हुन्छ भन्ने कुराको मेरो यो नजिकबाट देखेको सकरात्मक प्रभाव थियो । सबै दिदीबहिनी बराबर थिए । न धनी न गरिब ! न त दिदीबहिनीको अनुहारमा झरिझुट्ट गहनाले आडम्बर थपेको थियो न त आफ्ना गला रित्तै भएको सम्झिएर कुनै दिदी बहिनीको अनुहार मलिन भएको थियो । सबका सब तिजको रौनकमा रन्किएका थिए ! गीतमा झुमेका थिए ! सबै सबैको उज्यालो अनुहार देखेर म पनि यसै उजेलिएकी थिएँ !  मधुपर्क