काठमाडौँ, भदौ १० गते । प्रथम महिला सविता पौडेलले हरितालिका तिजको अवसरमा मङ्गलबार पशुपतिनाथको दर्शन गरी पूजा अर्चना गर्नुभएको छ ।
उहाँले पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पुजारीबाट टीका ग्रहण गर्नुभएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले दिनुभयो ।
नेपाली महिलाहको महान् चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड लागेको छ ।