• १४ जेठ २०८१, सोमबार

काठमाडौं महानगर प्रमुखमा ५६ जनाको उम्मेदवारी : आठ जना महिला

blog

काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेपछि एमालेका केशव स्थापित र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सिर्जना सिंह । तस्बिरः मनोजरत्न शाही

सपना थामी
काठमाडौं, वैशाख १३ गते।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख पदमा  ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। काठमाडौंमा उपप्रमुख पदका लागि ३३ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो। शाखा अधिकृत श्रेष्ठका अनुसार प्रमुख पदमा उम्मेदवारी दिएकामध्ये २१ जना राजनीतिक दल र ३५ जना स्वतन्त्र उम्मेदवार छन्। काठमाडौंको मेयर पदमा आठ जना महिलाले उम्मेदवारी दर्ता गर्नुभएको छ। 

नेपाली काँग्रेसकी सिर्जना सिंह, नेकपा एमालेका केशव स्थापित, लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी, राष्ट्रिय यथार्थवादी पार्टी नेपालका आनन्दराज जोशी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका काजीलाल श्रेष्ठ, सचेत नेपाली पार्टीका डिल्लीराम राजभण्डारी,  नेपाली जनता दलका निश्चल जोशी, नेपाल परिवार दलका पियरत्न महर्जन, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्मचार्य, नेपाली काँग्रेस (बीपी)का भक्तराज भुषाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, नेपाल समावेशी पार्टीका रामबहादुर खड्का, आमुल परिवर्तन मसिहा पार्टी, नेपालका रुपा सुवाल, नेपाः राष्ट्रिय पार्टी स्वतन्त्रका विजयप्रकाश सैजु, विवेकशील साझा पार्टीकी समीक्षा देवकोटा, नेपाल जनता पार्टीकी सरिता घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र महर्जन, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्यले काठमाडौं महागर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो। 

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारमा अमोट महर्जन, इन्द्रमणि कपाली, उमेशकुमार सिंह, कान्ति तुलाधर (बज्राचार्य), किरण रञ्जित, जेठा महर्जन, ज्ञानु लामा तामाङ, दीपक सिलवाल, निमकान्त पाण्डे, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, बच्पनराज श्रेष्ठ, बाबुराजा संगत, मधुसुदन खड्का (केसी), मनिष श्रेष्ठ, महेन्द्र प्रजापति, रञ्जितमान शाक्य, रविकान्त मानन्धर, राजन कार्की, राजेन्द्र बस्नेत, राहुल मानन्धर, रोशन शाही, बालेन्द्र शाह, विजय मानन्धर, विनय स्थापित, विपिनराज वैद्य, शैलेन्द्रमान श्रेष्ठ, सन्देश शाक्य, नरेन्द्र बज्राचार्य, सुनिल श्रेष्ठ, सुमन सायमी, सुशीला थापा क्षेत्री, सूर्य थापा (श्रेष्ठ), शैलेश ढुङ्गाना र स्वइट थापा हुनुहुन्छ। 

यस्तै, ३३ उपप्रमुखमध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्नुभएको हो। यसमध्ये १३ जना महिला उम्मेदवार हुनुहुन्छ। 

मध्ये नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, नेकपा एमालेकी सुनिता डंगोल, नेपाली काँग्रेस (बीपी) का इन्दिरा अधिकारी थापा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उदय खड्गी, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा, विवेकशील साझा पार्टीका मीर्ति कंसाकार, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल सुशासन पार्टीका पुष्पा खरेल, नेपाली जनता दलका बन्दना बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनिता मगैया, सचेत नेपाली पार्टीका संगीता आचार्य, नेपाल मजदुर किसान पार्टीका सबिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका शारदा देवी मगर र उन्नत लोकतन्त्र पार्टीका पनिता थापा मगर हुनुहुन्छ। 

काठमाडौं उपप्रमुखमा स्वतन्त्र उम्मेदवारमा अम्बरबहादुर खत्री, आशिषचन्द्र तुलाधर, आशिष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्रमान डंगोल, मोहनकृष्ण श्रेष्ठ, रञ्जन डंगोल, रमेशप्रसाद जोशी, रवि नापित, राजेन्द्र दड्गी, राजेश शाही, रिङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेन्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जन छन्।  

काठमाडौं महानगरका ३२ वडामा ३२ वडा अध्यक्ष पदका लागि दुई सय २१ जनाको मनोनयन दर्ता भएको छ। ६४ जना वडा सदस्य पदका लागि तीन सय दश जना, ३२ जना महिला सदस्य पदमा एक सय ४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ। प्रमुख, उपप्रमुख, वडा अधयक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा एक सय ६२ पदमा आठ सय ५९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।