• १३ असोज २०८१, आइतबार

प्रदीप र प्रणव क्वार्टरफाइनलमा

blog

खुला टेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १३ गते । प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषर कोर्टमा मंगलबार भएको खेलमा प्रदीपले आशिष खड्कालाई ७–६, ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो । 

त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३, ६–३, सौगात विकले निजेज महर्जनलाई ६–०, ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२, ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१, ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–०, ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–०, ६–० को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । 

प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वार्टरफाइनलमा पुग्नुभयो । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । 

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठले  र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडी क्वार्टरफाइनलमा पुग्नुभयो । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१, ४–० ले हराउनुभयो ।