• १४ जेठ २०८१, सोमबार

सिद्धार्थनगर उपप्रमुखमा २५ वर्षीया खातुनको उम्मेदवारी

blog

सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनुभएका यादव र खातुन । तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षीया आसमा खातुनले उपप्रमुख (उपमेयर) मनोनयन दर्ता गर्नुभएको छ। खातुनले जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो।

स्थानीय तहमा युवा जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले उम्मेदवारी दिनुभएको हो। नगरपालिकाको विकासको लागि आफूले योगदान गर्ने उहाँको भनाइ छ। 

जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ। यादव केही दिनअघि नेपाली कांग्रेस परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको हो। यादव नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो।