• ९ जेठ २०८१, बुधबार

'गङ्गुबाई काठियावाडी' नेटफ्लिक्समा रिलिज

blog

काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो । 

फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।

फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।