• १३ असोज २०८१, आइतबार

पल्पसा क्याफे मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन भइरहेको छ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो । 

गत वर्ष नै प्रदर्शन गर्ने भनिएको नाटक ‘पल्पसा क्याफे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन ।विमल सुवेदीको निर्देशन रहेको नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निर्वाह गर्नुभएको छ । 

नाटकमा सृष्टिको अलवा विमल सुवेदी, दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवणसिंह रानालगायत कलाकारको अभिनय देख्न सकिन्छ । प्रेम र द्वन्द्वको कथा मिश्रित नाटकले बेपत्ता परिवारको मनोदशासमेत पस्किन प्रयास गरिएको छ । 

‘पल्पसा क्याफे’ उपन्यास नेपालको चर्चित उपन्यासमध्ये एक हो । अङ्ग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा समेत अनुदित यो पुस्तकमा १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा उपन्यासले उठाएको छ ।